शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटा’उन सफल केपी शर्मा ओलीले नेकपा एमाले पनि फुटाउन लागिपरेको आ रो प लगाउनु’भएको छ ।

मंगलबार (आज) माधव कुमार नेपाल समूहसम्बद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले यस्तो बताउनुभएको हो । उहाँले पहिले नेकपा फुटाएका ओलीले अहिले आएर एमाले फुटाउन खोजिरहेको बताउनुभएको हो ।

त्यस्तै ओलीले पार्टीको विधान विप’रीत गुटका मान्छे बोलाएर केन्द्रीय कमिटी विस्तार गरेको र बालुवाटारमा गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरेको उहाँको आ रो प छ ।

त्यस्तै, उहाँले पार्टी विधानको निरन्तर उल्लं’घन गरेकाहरुले आफूहरुलाई स्पष्टी’करण सोध्नु लाज’मर्दो भएको पनि बताउनुभएको छ । साथै, स्पष्टीकरण आफूहरुले नभई पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने उहाँको जिकिर छ ।

उहाँले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ? भनेर प्रश्नसमेत गर्नुभएको छ ।

त्यस्तै, उहाँले पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने तथा महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने अध्यक्ष ओलीको निर्णय विधान विप’रीत भएको बताउनुभएको छ ।

यसैबीच उहाँले अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? लगायतका प्रश्न गर्ने पनि बताउनुभएको छ । (news24 nepal बा ट)

६८० पटक हेरिएको

तपाईको प्रतिक्रिया