मंगलबार १६ आश्विन २०८०

काठमाडौँ/ नेपाल पर्यटन बोर्डले दिपक पाहारीलाइ अमेरिकाको जर्जिया प्रान्तको लागि पब्लिक रिलेसन सदभावना दूतमा नियुक्त गरेको छ । पाहारीलाई २ वर्षको लागि पर्यटन बोर्डले पब्लिक रिलेसन सद्भावना दुतमा नियुक्त गरेको हो ।

पब्लिक रिलेसन सद्भावना दुतमा नियुक्ति पाएपछि पाहारीले आफू हर्षित भएको र दिइएकाे जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए । नेपालको पर्यटन प्रवर्धनमा सक्दाे याेगदान गर्ने उनकाे भनाइ छ । अबकाे केही समयभित्रै नेपालको पर्यटनबारे अमेरिकामा प्रचार-प्रसार कार्यक्रम गर्ने उनले याेजना बनाइरहेकाे पनि बताए ।

स्थायी घर पोखरा- ६, लेकसाइड भएका पाहारी लामो समयदेखि अमेरिकाको जर्जिया प्रान्तको एटलान्टामा बस्दै आएका छन् । उनी त्यहाँ समाज सेवामा सक्रिय रहनुका साथै नेपालको प्रचार-प्रसारमा पनि उत्तिकै सरिक छन् । साथै नेपालीलाइ दु:ख पर्दा सहयोग गर्ने कार्यमा समेत उनी खट्दै आएका छन् ।

५६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया