शुक्रबार २२ मंसिर २०८०

जुम्ला/ स्थानीय तहहरुमा भइरहेका अनिय’मितता, भ्रष्टा’चार र ठ’गीको बारेमा जति नै नि न्दा गरे पनि कम नै हुन्छ । स्थानीय तहका हरेक गतिविधिमा अनिय’मितता र भ्रष्टा’चारले चरम सीमा पार गरेको छ ।

जुम्लाका केही स्थानीय तहहरु पनि यसबाट मुक्त हुन सकेका छैनन् । जुम्लाका केही गाउँपालिकामा स्याउ र ओखरका विरुवा वितरणमा ठूलो अनिय’मितता भएको छ । जुम्लामै उमारेको भन्दै बाँडिएको स्याउ र ओखरका विरुवा किसानहरुले उखेल्दै फा’ल्न थालेका छन् ।

जुम्लामा स्याउ र ओखरको खेती पछिल्लो समय निकै फस्टाएको छ । गएको दुई बर्षयता जुम्लाका किसान ओखर खेती गर्न निकै हौसिएका छन् । करोडौ खर्चेर ओखर र स्याउका बिरुवा खरिद गरि किसानलाई बाँड्ने काम जुम्लाका सबै जसो स्थानीय तहले गरिरहेका छन् ।

तर यसवर्ष भने जुम्लामै उमारेको भन्दै कलमी अर्थात ग्राफ्टिंग नगरिएका तर ग्राफ्टिंग गरेजस्तै गरि बिरुवाको वरिपरि घाउमात्र बनाएर प्लास्टिक बेरिएका ओखरका बिरुवा जुम्लाका कनकासुन्दरी गाउँपालिकामा बाँडिएको पाइएको छ ।

सोही किसिमका नक्क’ली बुटा जुम्लाकै तिला, हिमा र तातोपानी गाउँपालिकामा पनि सक्कली बिरुवासँग मिसाएर गाउँपालिका र गैरसरकारी संस्थाहरुले बाँड्ने गरेका छन् । जुम्लाको कठ्यांग्रिदो जाडोमा हिउँदको समयमा ओखर लगाउन खाल्डा खनेर एक महिनासम्म मलजल गरेका जुम्लाको कनकासुन्दरी गाउँपालिकाका किसानले आफुले लगाएको बिरुवा कलमी नगरिएको थाहा पाएपछि बिरुवा उखेलेर फा’ल्न थालेका छन् ।

गाउँपालिकाको २३ लाख र किसानले प्रति बिरुवा थप २०० तिरेर करिब २ हजार सात सय बिरुवा खरिद गरेकामध्ये अधिकांश नक्क’ली निस्केका हुन् । ग्राफ्टिंग नगरेको बिरुवाबाट काठे ओखर फल्ने र त्यो गुणस्तरीय नहुने किसानले बताए ।

कनकासुन्दरी गाउँपालिकाले बिरुवा खरिदका लागि ठेक्का आह्वान गरेपछि ठेक्काको जिम्मा कनकासुन्दरी एग्रो हब्स कम्पनीले पाएको थियो । ठेकेदार कम्पनीले लापर’बाही तरिकाले ब्यक्तिबाट बिरुवा खरिद गरेकाले हाल बिरुवा उत्पादन गर्ने नर्सरीको खोजी भएको गाउँपालिकाले बताएको छ ।

६९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया