मंगलबार ०९ आश्विन २०८०

काठमाडौं/ उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (आज) आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले स्वागत पश्चात पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालीको महाप्रबन्धक समेत रहेका छन् । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि रहेका छन् ।

आफू यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएका उनी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहेकाले पार्टी प्रवेश गरेको बताए ।

‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ, भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने । (news24 nepal बाट)

७०० पटक हेरिएको

तपाईको प्रतिक्रिया