शुक्रबार २३ मंसिर २०७९

काठमाडौं/ आज साताको तेस्रो दिन मंगलबार सेयर बजार उकालो लागेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अंकले उकालो लागेर २ हजार ५ सय २८ दशमलव ९५ अंकमा पुगेको हो।

आज कारोबार रकम ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ पुगेको छ । कारोबार भएका २०८ कम्पनीहरुको मध्ये साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

एसटीसीको सेयर मूल्य एकै दिन १ हजार ५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुगेको छ । यस कम्पनीको कारोबार रकम पनि १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

आज चन्दगिरी हिल्स कम्पनीको १५६ रुपैयाँले सेयर मूल्य बढेर १ हजार ७ सय १९ रुपैयाँ पुगेको छ ।

५५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया