सोमबार २० मंसिर २०७८

काठमाडौं/ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा बुझाएको सम्पत्ती विवरणमा पत्नी तथा पूर्व सांसद आरजु राणा देउवाको नाममा कुनै पनि सम्पत्ती देखाएका थिएनन् ।

आरजुरले गैर’कानुनी सम्पत्ती आर्जन गरेको भन्दै परेको उ जु री पछि दुई वर्ष देखि छान’विन जारी छ । छान’विनका क्रममा आरजुको करिब २ अर्ब रुपैयाका सम्पत्तीको स्रोत नखुलेको तथ्य सार्वजनिक भएको छ ।

सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका क्रममा आरजुको नाममा स्रोत नखुलेको करिब २ अर्ब बराबरको सम्पत्ति फेला पारेको जनाएको छ । विभिन्न व्यवसाय, आइएनजिओ र एनजिओमार्फत गैर’कानूनी सम्पत्ति आर्जन गरेको आ’रोप उनीमाथि लाग्दै आएको थियो । आरजुले पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्र कैलालीमा खरिद गरेको घरको पनि आम्दानी देखिएको छैन ।

अनुसन्धानका क्रममा आश्चर्यजनक तथ्यहरू भेटिएको समेत बताइएको छ । विभाग स्रोतका अनुसार, ‘शैक्षिक संस्थामा गरेको लगानी, शेयर बजारमा गरेको लगानी, घरजग्गा र हाइड्रोपावरमा भएको लगानी मध्ये धेरैको स्रोत खुल्दैन ।’

राणा लगायतको लगानीमा ललितपुरस्थित खुमलटारमा नेपालकै महँगो शुल्क लाग्ने युलेन्स स्कुल तथा क्याम्पस सञ्चालनमा छ । विभिन्न हाइड्रोपावर, बैंक तथा वित्तिय संस्थाहरूमा राणाको नाममा शेयर भेटिएको छ । ति सबै लगानीको स्रोत नखुलेको पनि विभागले जनाएको छ ।

पुर्व प्रधानमन्त्री देउवाले पनि भ्रष्टाचार निवारण ऐन नै मिचेर सम्पत्ति नदेखाएको भेटिएको छ । प्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको सम्पत्ति विवरणमा आरजु राणाको नाममा कुनै पनि सम्पत्ति देखाएका छैनन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सम्पत्ति विवरण बुझाउँदा आफ्नो नाममा वा अंशमा हक लाग्ने वा एकासगोलको परिवारको नाममा रहेको वास्तविक सम्पत्ति विवरण पेश गर्नुपर्ने भए पनि देउवाले आरजुको नाममा रहेको सम्पत्तीको विवरण उल्लेख गरेका थिएनन् ।

७८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया