बिहिबार २१ मंसिर २०८०

आफ्नो दूध आउँदैनथ्यो, बाख्राको दूध खुवाएर पनि हुर्काएकी थिएँ । डेढ वर्षको हुँदा त्यो छोरो बित्यो, तीन छोरी एक वर्षको नहुँदै गए । अरू ४ जना बाँचेका छन् । मेरो नाम रेली बिक हो, उमेर ४२ वर्ष भयो । मेरो घर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुुक्तिकोटमा पर्छ । अहिले मसँग डेढ वर्षको छोरासहित ३ बच्चा छन् ।

मेरो १४ वर्षको उमेरमा विवाह भएको थियो । अहिलेसम्म १० पटक गर्भवती भएँ । दुई वटा ग’र्भ तु’हि’यो । ४ वटा बच्चा जन्मेको केही समयमा बिते । चार वटा बच्चा जीवित छन् । तीन छोरी र एक छोरा बितेका हुन् । छोरो त डेढ वर्षको भएर गयो । छोरो बि’तेकोमा सारै पी’डा छ मलाई । छोरो नहुँदा सबैले अपु’तो भनेर हेला गर्छन् ।

आफ्नो दूध आउँदैनथ्यो, बाख्राको दूध खुवाएर हुर्काएकी थिएँ । डेढ वर्षको हुँदा त्यो पनि बित्यो, तीन छोरी १ वर्षको नहुँदै गए । अरू ४ जना बाँचेका छन् । अहिले मसँग भएको डेढ वर्षको छोरो पनि कुपो’षणबाट ग्र’सित छ । जन्मेको तीन महिनासम्म बाख्राको दूध खुवाएर जेनतेन बचाएँ । तीन महिनापछि क’डा कु’पो’षण भएर म’र्ने–बाँच्ने टु’ङ्गो नभएपछि गाउँपालिकाले पैसा दिएर को’ल्टी अस्पतालमा लग्यौं ।

त्यहाँ कुपो’षणले ग्र’सि’त भएको भन्दै नेपालगञ्ज लैजान भने । नेपालगञ्ज लैजान पैसा थिएन, त्यसैले घर फिर्ता ल्यायौं । केही समयपछि गाउँमा पत्रकारहरू आए । मेरा बच्चाको फोटो र भिडियो खि’चेर लगे । पछि हामीलाई काठमाडौं बोलाए । त्यहाँ छोरा र मेरो कुपोषणको उपचार भयो । अरूको सहयोगले काठमाडौं पु¥याएर छोराको कुपो’षणको उपचार गरेर घर आयांै ।

अहिले पनि बच्चालाई पूरै राम्रो त भएको छैन । कालबाट छोरो त बच्यो, तर गाउँमा फि’र्ता हुँदा राम्रो खान नपाएपछि बच्चाको अवस्था अहिले उस्तै हुन थालेको छ । अहिले पनि स्वास्थ्यकर्मी जाँच गर्न आउँदा कडा कुपोषण रहेको भनेर मा’र्तडी अस्पतालमा लैजान भनेका छन् । तर, पैसा नहुँदा लैजान सकेका छैनौं । खान–लाउन राम्रोसँग पाउँदैनौं, गाई–भैंसी किन्न पैसा छैन ।

हामीले धेरैजसो नुनको धुलोसँग भात खानुपर्छ । बच्चालाई पनि त्यही खुवाउने हो, आफू पनि त्यही खाने हो । गाउँमा सक्नेले आफ्ना बच्चाका लागि पाउडर दूध ल्याएर खुवाउँछन् ।

अहिले बाँ’चेकी छोरी कौसी १३ वर्षकी भई । ऊ तीन महिनाकी थिई, एउटा बाख्रो किनेका थियौँ, बाख्राको दूध खुवाइरहेकी थिएँ । तर, बाख्रो म’रेपछि हामीसँग न पैसा थियो, न दूध । महिनासम्म पुग्ने पाउडर दूध ल्याएका थिए ।

जेठानीको छोरा बित्यो । त्यसपछि उनीहरूकोमा काम गरिदिने शर्तमा त्यही पाउडर दूध माग्यौ । त्यही दूध खुवाएर बाँचेकी छोरी अहिले कक्षा ३ मा पढ्छे । जेठानीको छोरा बाँ’चेको भए मेरी छोरीले दूध पाउने थिइनँ ।

त्यसपछि छोरी बाँँ’च्ने थिई कि थिइनँ भन्न सक्दिनँ । कहिलेकाहीं लाग्छ जेठानीको छोरा म’र्दा पो मेरो छोरी बाँ’चेकी हो कि ? म आफू पनि कुु’पो’षित छु, हामी राम्रोसँग खान पाउँदैनौं ।

लगाएको अन्नबालीले महिना दिन मात्रै खान पुग्ने भएकाले बजारको चामलको भरमा हुन्छांै । कुनै दिन खाना पुग्दैन, कहिलेकाहीं त एक छाक मात्रै खाएर दिन क’टाउनुपर्छ ।

छोराछोरीको मुखमा चारो हाल्न धौ–धौ हुन्छ आफूले कहाँ राम्रो खान पाउनु । पहिलो बच्चा जन्मेको बेला त थोरै थोरै दूध आउँथ्यो । दोस्रो सन्तान जन्मेदेखि नै दूध आउँदैन, मैले त बाख्राकै दूधले चार सन्तान हुर्काएँ, चार सन्तान बिते । घरमा खान–लाउन दुः’ख छ ।

श्रीमान् बलबहादुर बिक राम्रोसँग आँखा देख्न सक्दैनन्, अरूको सहयोगले यो छोरा अहिलेसम्म बचाएकी छु । अझै पनि बाँ’च्ने हो या होइन मनमा चि’न्ताले सता’इरहन्छ ।

जेठो छोरो कति गर्दा पनि बचाउन सकिनँ । आफ्ना दूधले पुगेन भनेर एउटा भर्खर पाठो पाएको बाख्रो किनेर त्यसको दूध खुवाएँ । छोरालाई दूध खुवाउन पुगोस् भनेर पाठो बिक्री गरें ।

खै बाख्राको दूध र मेरो दूध नपचेर हो कि, तीन दिनसम्म झाडापखाला लागेर ऊ बित्यो । जडिबुटी त गरेको हो तर बचा’उन सकिनँ । ऊ बाँचेको भए, अहिले त बु’हारी ल्याउने थियो के गर्नु ? कतै जागिर गर्नलाई श्रीमान् पढालेखा छैनन् ।

आँखा पनि राम्रोसँग देख्दैनन् । अझ हामी त द’लि’त मान्छे, ऋण खोज्दा पनि कसैले विश्वास गर्दैन । अहिले पनि समस्या धेरै छन् । कमजोर भएर होला च’क्क’र आउँछ ।

पा’ठे’घरमा पनि समस्या छ । बच्चा पाउन स्वास्थ्य चौकी जान पनि पाइनँ । स्वास्थ्य चौकी उहिले ४ घण्टा टाढा साप्पाटाको छुदरी गाउँमा थियो । स्वास्थ्य चौकी जान बाटो अ’प्ठ्या’रो थियो । तीन वटा बच्चा घरमै पाएँ । बाँकी कोही जंगल जाँदा र कोही खेतबारीमा काम गर्न गएको बेला जन्माएँ । उहिलेदेखि परिवारमा समस्या भयो, खान–लाउन पाइएन ।

सिस्नु सइनु खायौ । धेरै दुः’ख पायौं । पेट दु’ख्यो, र’ग’त बग्यो, च’क्क’र आयो । दुई तीन दिनकी सु’त्केरी हुँदा पनि पेटभरी खान पाइएन । ३० दिनसम्म गोठमै बस्नुपर्ने चलन छ । सुत्केरी भएको बेला खाना पकाइदिने समेत कोही हुन्न, आफैं पकाएर खानुपर्छ ।

भयो । लगाउने कपडा हुन्न । खेतीपाती कम भयो खान–लाउन समस्या । हुने मान्छे पैसा खर्च गरेर राम्रा ठाउँमा उपचार गर्न जान्छन्, अस्पतालमा जान्छन् । हामी नहुने मान्छे कहाँ जानु ? यो उमेरसम्म पनि रोग पालिरहेकी छु । विचार अन’लाइन बाट ।

२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया