
काठमाडौ / कसै–कसैलाई सुतेको बेलामा घुर्ने बानी परेको हुन्छ । सुत्दा सामान्यतया १५ देखि २५ प्रतिशत मानिसमा घु’र्ने गरेको पाईएको छ। यसलाई सामान्य लिएपनि दिर्घकालिन समस्या रहेको चिकित्सकहरु बताउँछन् ।
घुर्नुका कारण
सामान्यतया यो समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ । श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन् । विभिन्न कारण मध्य केही कारण यस प्रकार छन् –
– मोटो मान्छेको शरीरका साथसाथै जिब्रोमा पनि बोसो जम्मा भएको हुन्छ, त्यसले गर्दा सा’स फेर्ने बाटो साँ’घुरिने गर्छ ।
– टनसिल ठूलो भएमा, त्यसले श्वास न’ली र हावा जाने बाटो सानो बनाउँछ।
– नाकमा समस्या हुने मान्छेले मुखबाट सास फेर्छन् । यसो गर्दा जिब्रो पछाडी ध’के’लिने भएकाले मुख खोलेर श्वास फेर्ने मान्छेमा श्वास नली सानो हुन्छ।
– अनुहारमा माथिल्लो र तल्लो च्यापु सानो भएमा त्यसले श्वास फेर्ने बाटो सानो बनाउँछ।
यसले कस्ता खालका समस्या आउन सक्छन् ?
संसारभरिकै जनसंख्यालाई आधार मान्ने हो भने ५ देखि १५ प्रतिशत मान्छेहरु घुर्छन्। नेपालमा पनि १५ देखि २० प्रतिशत मान्छेलाई घुर्ने समस्या छ भन्ने अनुमान गरिएको छ। यो समस्याका पी’डितले आफू साथसाथै अरुलाई पनि समस्यामा पार्छन्। घुर्ने मानिसमा देखिने समस्याहरु यस्ता छन्।
– स्मरण शक्ति कम हुँदै जाने,
– सुतेको बेलामा बारम्बार थाहा नपाई रातभर ब्यूँ’झिदा शरिरले राम्ररी आराम नपाउने र दिनभर थकान महशुस भइ काममा कन्सन्ट्रेट नहुने,
– मोटाउँदै जाने र आफ्नो कार्यक्षमता कम हुँदै गएको अनुभव हुने,
– आफू पनि राम्ररी सुत्न सकिँदैन, सँगै सुतेको मान्छेको निन्द्रा पनि बि’थो’लिन्छ,
– बिरामीलाई प्रेसर, सुगर, ग्याष्ट्रिकको समस्या हुन्छ, त्यसपछि औषधिको मात्रा बढ्छ,
– मु’टुको सम’स्याहरु आउने, हृद’य’घा’त हुने, ग्याष्ट्रिक हुने लगायत आँखामा समस्या आउने,
– यौ’न इच्छा कम हुने,
– पश्चिमा देशहरुमा घुर्ने समस्या सम्बन्ध वि’च्छेदको प्रमुख कारणमध्ये एक हो,
– यस रोगका बिरामीहरुको अन्य साधारण मानिसको तुलनामा चाँडै मृ’त्यु हुने स’म्भा’वना ४० प्रतिशत बढी हुन्छ ।
घु’र्ने समस्याको समाधान तथा रोकथामका लागि के–के गर्न सकिन्छ?
हाम्रो देशको सन्दर्भमा यदि कसैले घु’रेमा हामी थाक्यो अनि आनन्दले सुत्यो भन्छौँ। तर पहिले हामीले बिरामीलाई के–के लक्षण छ सोध्ने । सबै लक्षण सबै घु’र्ने मान्छेमा हुँदैन तर जुन–जुन लक्षण बिरामीसँग मिल्छ त्यही अनुसार बिरामीलाई जाँ’चिन्छ ।
सास फेर्ने बाटो साँ’घुरो देखिएमा र लक्षणहरु मिल्दोजुल्दो भएमा घुराइ सामान्य हो की यसले शरीरमा अ’स’र गरेको छ भनेर स्लिप स्टडी गरेर हेर्नुपर्छ ।