शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ / एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो । उनले गाएका धेरै गीत चर्चित भए । समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए । उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन् । दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन् ।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो । समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची नै बन्थ्यो । चलचित्रमा पनि उनको मा’ग उस्तै थियो । गीत गाएर समीक्षा दिनकै ५ लाखसम्म पारिश्रमिक समाउँथिन् ।

तर अहिले परिस्थिति फेरिएको छ । समीक्षाको गायन यात्रा रोकिएको छ । उनलाई गीत गाउन लगाउने पर्खाइमा बसेका गीतकार तथा संगीतकारले बाटो मोडिसकेका छन् । हिजोआज समीक्षाका गीत होइन, उनले लेखेका स्टाटसको चर्चा हुने गरेको छ । उनी समय समयमा फेसबुकमा स्टाटस राख्छिन् ।

केही समय उनको स्टाटसको चर्चा हुन्छ, एकखालको तरंग ल्याउँछ । ​समीक्षाले पछिल्लो पटक यु’ द्ध र जीवनलाई जोडेर स्टाटस लेखेकी छिन् । उनले यु’द्ध नल’डेको सिपाही र चो’ट नखाएको जिन्दगी उस्तै हुने त’र्क प्रस्तुत गरेकी छिन् । चो’ट बिनाको जिन्दगी अ’धुरो रहने भन्दै समीक्षाले सार्वजनिक गरेको स्टाटसले उनी आफैं चो’टमा रहेको संकेत गर्छ ।

उनी केही समययता गायनमा सक्रिय छैनन् । सामाजिक सञ्जालमा पनि उनी निक्कै अस्थिर देखिन्छिन् । समय समयमा स्टाटस लेख्ने, त्यसलाई एडिट गर्ने फेरी हटाउने र नयाँ पोस्ट गर्ने गरिरहन्छिन् । छोटो समयमा उत्कृष्ट पाँच गायिकाको सूचीमा पर्न सफल समीक्षाको जीवनको लय फेरिएको छ ।

गायिका समिक्षा अहिले उनकी बहिनिसंग अष्टेलियामा छिन । उनि उनकी बहिनि सहित अस्ट्रेलिया गएकी हुन् । बुझेअनुसार उनि अब उतै सेटल हुनेछिन । आफ्नो बाकी अध्यन उतै बाट पुरा गर्नेर बताईएको छ । उनिसंग नाम जोडिएका एक मोडल नेपालका बिभिन कर्क़यक्रममा मोटो रकम लिएर सहभागी भैरहेका छन् ।

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया