
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुप’योगमा मु’द्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मु’द्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मु’द्दा नचलाउने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।
महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुप’योगका विषयमा मु’द्दा चलाउन पाउने छैनन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मु’द्दा नचल्ने निर्णय भएर आएको छ ।
त्यसरी मु’द्दा नचल्ने निर्णय भएर आएपछि महान्यायाधिवक्ताले पनि मु’द्दा नचल्ने नै भनेर निर्णय गरेको रेग्मीले बताए । लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आ’रो’प लागेको थियो ।
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला – चितवन / धुर्मुस–सुन्तली फाउण्डेशले निर्माण सुरु गरेको चितवनको भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अब अगाडि बढ्ने भएको छ ।
रकम अ’भा’ब भएको भन्दै फाउडेशनले काम रोकेपछि अ’ल’पत्र रहेको रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर काम अगाडि बढाउने भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्रिपरिषद्बाट निर्णय भएर फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा तिर्नुपर्ने रकम भुक्तान गरेपछि निर्माणको काम अगाडि बढ्ने जानकारी दिइन् । फाउन्डेसनले रंगशाला निर्माणमा खर्च भएको विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।