
विराटनगर / लोकसेवा आयोगले लिएको परीक्षामा एकै वर्षमा चार ओटा परीक्षा उत्तीर्ण गरेको भन्दा विश्वास नलाग्न पनि सक्छ । तर, धनकुटाकी २३ वर्षे प्रतियोगी नविना दाहाल एक वर्षभित्रै विभिन्न प्रदेशमा लोकसेवा आयोगहरुले लिएको परीक्षामा चार ठाउँमा नाम निकाल्न सफल भइन् ।
दाहाल सहायक महिला विकास निरीक्षक (कोशी प्रदेश), सहायक पाचौं, सामान्य प्रशासन (गण्डकी प्रदेश), सहायक पाँचौं, प्रशासन लेखा (कोशी प्रदेश) र नायब सुब्बा जलेश्वरबाट खुला तर्फ १ नं. सिफारिस भएकी छन् ।
हाल विराटनगर महानगरपालिका वडा नम्बर २ मा कार्यरत उनले लोकसेवा आयोग जलेश्वर कार्यालय अन्तरगत दिएको नायव सुब्बा पदको परीक्षामा पहिलो नम्बरमा नाम निकालेकी हुन् । खुला तर्फबाट उतीर्ण उनको पोष्टिङ अख्तियार दु’रु’पयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा भएको छ ।
तनहुको म्याग्दे गाँउपालिका सहायक पाँचौ, भोजपुरको अरुण गाउँपालिका महिला विकास शाखामा रहेर काम गरिसकेकी दाहाल स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन् ।
दाहालका बुबा–आमा नै शिक्षण पेशामा आवद्ध छन् । बुबा हरि दाहाल, आमा शान्ता दाहाल दुवै धनकुटामै पढाउँछन् । बुबा आमा दुवै शिक्षक भएकाले पनि उनको पढ्न पाठनमा भने कुनै समस्या भएन । उनले सामुदायिक विद्यालय मै अध्ययन गरेकी हुन् ।
निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढिरहादा नविनाले भने सामुदायिक विद्यालयको पनि पढाइ कमजोर छैन भन्ने पुष्टि गर्छिन् । जुनसुकै विद्यालयमा पढे पनि आफ्नो पढाइ र लगनशीलतामा भरपर्ने उनी बताउँछिन् ।
पहिलो पटक दिएको परीक्षामा असफल भएपछि दोस्रो पटक परीक्षा दिँदा पास भएको उनले बताइन् । फेसबुकका फोटा हेरेर आफन्तहरूले यो घुम्छे मात्रै केही गरिखान्न भन्ने गरेको उनी सम्झिन्छिन् । ‘लोकसेवाको परीक्षामा पास गरेपछि गाली गर्नेहरु पनि खुसी भएका छन्,’ उनले भनिन् ।
‘को’रोना म’हा’मारी भन्दा अगाडि पहिलो पटक लोकसेवाको परीक्षा दिएको थिएँ । मलाई सफलता मिलेन । हरेस पनि खाइँन । मेरो तयारी पुगेको रहेनछ भनेर थप अध्यन गर्न थालें ।
तर, नेपालमा लोकसेवा पास गर्न टुप्पी कसेर पढ्नुपर्छ भन्ने चलन छ । मैले त्यसरी कहिल्यै पनि पढिन । राति अबेरसम्म पढेर सुत्ने र बिहान ३ बजे नै उठेर पढ्नु पर्छ भन्छन् त्यो अहिलेसम्म मैले गरेको छैन ।
माइन फ्रेस बनाएर पढ्ने हो । म परीक्षा लेख्नु भन्दा दुईदिन अगाडि पनि फिल्म हेर्न हलमा गएको थिएँ । पढाइमा भन्दा प्राक्टिसमा धेरै ध्यान दिए । को’रोनाको समयमा कलेज बन्द भएकाले लोकसेवाको तयारी गर्न थप मद्दत पुग्यो,’ उनले भनिन् ।
म मेहनत गरेर अगाडि बढेँ भने सफल हुन्छु भन्ने विश्वास र भरोसा हुनुपर्ने उनले बताइन् । लोकसेवामा उत्तीर्ण हुनका लागि पढ्ने तरिका, पढेको कुरा सम्झने तरिका र लेख्ने तरिका फरक पार्नका लागि पनि दिमागलाई द’बा’ब नभई फ्रेस बनाउने पर्ने उनको त’र्क छ ।
नविना र उनको दाइ जुम्ल्याहा जन्मेका हुन् । उनी एक वर्षकी हुँदा उनलाई मामा घर लगिएको थियो । उनको मामा घर भोजपुर हो । चार वर्षको भएपछि उनलाई घरमा ल्याएर पढाउन थालिएको हो ।
जुम्ल्याहा बच्चा हुर्काउन समस्या भएको भन्दै उनलाई मामा घरमा लगिएको थियो । उनले आफ्नो लक्ष्य मुख्य सचिवको भएको बताइन् । ‘कतिपय माथिल्ला पद राजनीतिले पनि अ’स’र गर्छ भन्छन्,’ उनले भनिन् ‘तर त्यसो नभएमा मेरो लक्ष्य मुख्य सचिव हुने भन्ने नै हो ।’
उनी आफैं आफैंलाई सफल बनाउन खोज्नु पर्ने बताउँछिन् । विश्वास आफूले आफूलाई गर्दा एक दिन सफलता हातमा पर्छ उनले भनिन ब्याचलर सकेर जब काठमाडौँ छिरे तब मैले देखेको एउटा सपना जुन आज पूरा भएको छ ।
परिवारको साथ र हौसलाले पनि सहयोग गरेको उनले बताइन् । दोहोरो जिम्मेवारीका कारण पनि महिलाहरूले पढेन पाउन्न तर उनको जीवनमा भने यो कुराले मेल खाएन । परिवारले पढ्ने वातावरण मिलाइदिएकै कारण सफलतामा साथ मिलेको उनले बताइन् ।
देशका आधाभन्दा बढी जनसंख्यालाई प्रतिनिधित्व गर्ने महिलालाई अवसरबाट ब’ञ्चि’त नगरी उनीहरूलाई काम गर्ने वातावरण बनाइदिनु पर्ने उनको भनाइ छ । आफ्नो काम र काम गर्ने शैलीले पनि फरक पार्ने भएकाले आफूसँग भएको क्षमता प्रदर्शन गर्ने बेला आएको उनले बताइन् ।