शनिबार ११ चैत्र २०७९

गुल्मी / प्रायःजसो भिभिन्न संघ संस्था र समुहले तिहारमा खेलेको देउसी भैलो बाट संकलित रकम पिक्निक र भ्रमण जस्ता कार्यक्रममा खर्च गरेको पाइन्छ । यसै बिचमा एउटा क्लबले भैलो तथा भिभिन्न कार्यक्रम बाट संकलित रकम सामाजिक काममा खर्च गरेको छ ।

चैतको पहिलो हप्ता शनिबारको दिन गुल्मी जिल्ला सत्यवती गाउँपालिकाको वडा नं ८ भार्सेमा थाप्ले क्लबको आयोजनामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जहाँ सत्यवती गाउँपालिका जोहाङ गुल्मी र भार्सेली समाज हङकङको सह-आयोजकको रूपमा विशेष भूमिका देखिएको थियो ।

स्वास्थ्य शिविर कार्यक्रममा भार्से लगायत छिमेकी गाउँहरूबाट पनि स्थानीयहरू स्वास्थ्य लाभ लिन आएका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमका प्रमुख अथिति गाउँपालिका का प्रमुख टीकाराम पाण्डेले आफ्नो मन्तब्य राख्दै थाप्ले क्लबलाई यस्तो सामाजिक काम गरेकोमा धन्यवाद दिँदै , क्लबका अन्य कार्यक्रमहरु मा समेत हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए ।

शिविरमा बुटवल बाट भिभिन्न डाक्टर, विषेशज्ञ तथा रेडियोलोजीस्ट को उपस्थित थियो । भार्सेमै जन्मिएका वरिष्ठ रेडियोलोजीस्ट नेत्र रानाले कार्यक्रममा शुभकामाना दिँदै, अब भार्से लाहुरे को गाउँ मात्र नभएर , डाक्टर , जन्माउने ठाउँ पनि भएको बताए ।

डा. नर्मा थापा छन्तेल (MDGP), डा. नेत्र बहादुर राना (बालरोग विषेशज्ञ), डा. नेत्र राना (रेडियोलोजिस्ट), नरेन्द्र यादव (जनरल फिजिसियन), सन्दिप थापा (छाला रोग विषेशज्ञ), सुवास कुमार श्रेष्ठ (दाँत रोग विषेशज्ञ ) को उपस्थितिमा यस क्षेत्रका सेवाग्राहीहरुले भरपूर सेवा पाएका थिए ।

क्लबका अध्यक्ष नर ब. बुढाथोकीले आफ्नो जन्म ठाउँमा यस्तो कार्यक्रम गर्न पाउँदा सबै गाउँ सामाजका स्थानीयको आशीर्वाद मिलेको र अझै थप हौसला पाएको बताए । उनले आगामी दिनमा यस्ता सामाजिक काम र गरिबहरूको सेवा गर्न आफूले सकेसम्मको योगदान गर्ने बताएका छन् ।

क्लबका सचिव विजय पुनले आजको कार्यक्रम यस क्षेत्रमा मात्र नभएर देशमै एउटा उदाहरण बन्नेछ भन्दै, आगामी दिनहरुमा यस क्षेत्रमा भिभिन्न सेवा मुलक कार्यक्रम ल्याउने बताए । प्रकाश ढकाल / न्यु’ज 24 नेपालबाट ।

३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया