शनिबार ११ चैत्र २०७९

काठमाडौं / काठमाडौंबाट सुर्खेतका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि पार्किङ गरिएको छ ।

शनिवार बिहान काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेको यात्रु मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीले बताए । जहाजमा देखिएको समस्याका बारेमा अहिलेसम्म एयरलाइन्सले केही भनेको छैन ।

यो पनि – चौथो बर्दिबास महोत्सव सुरु
महोत्तरी / महोत्तरीको बर्दिवासमा चौँथो बर्दिबास महोत्सवको शुक्रबारबाट विधिवत रुपमा उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत ढकालल व्यक्त गरे ।
कोभिडका कारण विश्वकै व्यापार व्यवसाय, पर्यटन प्रवद्र्धन, कृषि उत्पादन र बजारीकरण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धरासयी बनेको वर्तमान अवस्थामा यस्ता महोत्सवले आर्थिक कारोवारमा टेवा पुग्ने ढकालले विश्वास ब्यक्त गरे ।

उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रबद्र्धन गरौं’ भन्ने भावका साथ बर्दिबासमा महोत्सवको आयोजना गरिएको हो ।

बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा चौथो बर्दिवास महोत्सव लगाइएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्काले जानकारी दिए । महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने खड्काले बताए ।

महोत्सव परिसरमा करिब १ सय ७० वटा भन्दा बढी व्यापारिक स्टलहरु राखिएका छन् भने महोत्सव सम्पन्न गराउन ५५ लाख खर्च हुने अनुमान गरियको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्ण बहादुर खड्काले जानकारी दिए । अध्यक्ष खड्काका अनुसार बर्दिबासमा महोत्सव सम्पन्न हुदा बर्दिबास महोत्सवले ६० लाखको हाराहारीमा आमदानी हुने अनुमान आयोजकको गरेको छ ।

३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया