शनिबार ११ चैत्र २०७९

काठमाडौं / राहदानी विवादमा सरकारी वकिलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘क्लीन चिट’ दिने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले रविमाथि लागेको आ’रो’प पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएको छ ।

प्रतिवेदनमा लामिछानेले झु’टो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मु’द्दा चलाउनु नपर्ने प्रहरीको राय छ ।

कुनै पनि फौ’ज’दारी क’सुर हुने जाहेरीका आधारमा मु’द्दा नचल्ने भएमा प्रहरीले पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था छ । यसरी हुने निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुग्ने गर्छ ।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ताको रायसहितको फाइल म’हा’न्यायाधीवक्ता समक्ष पेश हुन्छ र महान्यायाधिवक्ताको निर्णय अन्तिम हुन्छ । लामिछानले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकता प्रमाणपत्र लिएका थिए ।

अमेरिका गएपछि उनले २०७० साल फागुनमा त्यहाँको नागरिकता प्राप्त गरेका थिए । अमेरिकाको नागरिकता पाएपछि २०७२ वैशास २८ मा उनी नेपाल फर्किएका थिए । उनले २०७२ साल जेठ १३ गते नेपाली राहदानी लिएका थिए ।

लामिछाने नेपाल फर्कंदा अमेरिकाको नागरिकता त्या’गेका थिएनन् । १३ माघ २०७९ मा सर्वोच्च अ’दा’लतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्या’ख्या गरेपछि ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनु’सन्धान गर्न प्रहरीमा उ’जु’री परेको थियो ।

३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया