शनिबार ११ चैत्र २०७९

काठमाडौं / हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् ।

गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँ’धेका छन् । गीतको भिडियोमा चेलबेटी बे’च’बिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने । यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र ग’म्भिर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।

यो पनि – अखाद्य वस्तु नबेच्न व्यापारीलाई नगरप्रमुख काफ्लेको चे’तावनी रौतहट / पछिल्लो समयमा चन्द्रपुर नगरपालिकामा अखाद्य तथा अस्वस्थ्यकर खाद्य सामाग्रीहरु विक्रिवितरण गरिरहेको जनगुनासो बढेपछि चन्द्रपुर नगरपालिकाले चासो देखाएको छ ।

चन्द्रपुरको बजारमा उपभोक्ताले पैसा तिरेर पनि स्वस्थकर वस्तुहरुको उपभोग गर्न नपाउने अवस्था भएपछि नगरपालिका यसलाई सुधार्न ग’म्भिर रहेको संकेत गरेको छ ।

शुक्रबार चन्द्रपुर नगरपालिका नगरप्रमुख संजय काफ्लेले सामाजिक संजाल मार्फत चन्द्रपुर नगरपालिका भित्र व्यापार व्यवसाय गने व्यापारीहरुलाई उपभोक्तालाई बेच्ने खाद्य वस्तु सफा र स्वच्छ दिन अनुरोध गर्दै त्यस्तो नगरेको गुना’सो आएमा का’नुनी प्रक्रियामा अघि बढ्दैै का’रवाही गर्ने चेतावनी दिएका छन् ।

उनले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्, ‘ चन्द्रपुर नगरपालिका भित्र वयापार व्यवसाय गर्नुहुने वयापारीहरुमा उपभोक्तालाई बेच्ने खाद्यवस्तु सफा र स्वच्छ दिनहुन अनुरोध छ । त्यस्तो नगरेको गु’नासो आएमा नगरपालिका का’नु’न सम्वत अघि बढ्ने पनि जानकारी गराउदँछु ।’

चन्द्रपुरका पसलहरुमा म्याद गुज्रिएका खाद्य पदार्थ तथा अन्य उपभोग्य वस्तुहरुको खु’लेयाम विक्रिवितरण भइरहेको, मासु पसल तथा होटलहरुलमा अखाद्य तथा अस्वस्थ्यकर तबरले सञ्चालन भइरहेको यसअघिका अनुगमनहरुमा पनि भेटिएको र उनीहरुलाई सबै सुधार एकहप्ता समय दिएको नगर प्रमुख काफ्लेले बताए ।

उनले यदि एकहप्ता पछि हुने अनुगमनमा पनि सुधार भएको नपाइएमा का’नुन अनुसारको का’रवाही गराइने चे’तावनी दिएका छन् । चन्द्रपुर नगरपालिका नागरिकको स्वास्थ्य तथा उपभोग्य हकको रक्षाको लागि ग’म्भिर रहेका उनले बताए ।

उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरेले यसअघि पनि अनुगमनको क्रममा त्रु’टि भेटिएका पसल तथा संचालकहरुलाई कुनै का’रवाही नगरिदा उनीहरुको मनोवल बढेको भन्दै अब ग’ल्ती गर्ने सबैलाई का’नुनी का’रवाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया