
काठमाडौं / ह’रा’एकी छोरी भेटिने पूजाकी आमाले सम्पूर्ण आशा माया मा’रि’सकेकी थिइन् । तर, हराएको ९ वर्षपछि १६ वर्षीया पूजा गाउडले अन्ततः आफ्नी आमाको काखमा टा’उको बिसाउन सकिन् । सात वर्षकी छँदा सन् २०१३ को २२ जनवरीमा उनी हरा’एकी थिइन् ।
उनले महाराष्ट्रको मुम्बइ सहरस्थित आफ्नो विद्यालय बाहिरबाट एक दम्पतीले आइसक्रिमको लो’भ देखाउँदै आफ्नो साथ लगेको बताएकी छन् । उनलाई ४ अगस्टमा फेला पारिएको हो ।
अन्ततः उनी चमत्कारिक ढंगले अप’ह’रणकर्ताको चङ्गु’लबाट उ’म्कि’न सकेको बताइएको छ । उनकी आमा पूनम गाउड भन्छिन्, “अहिले खुशीले मलाई आफू चन्द्रमा माथि उडिरहेको जस्तै लागेको छ । मैले मेरी छोरी भेटिने आशा गर्नै छो’डिसकेकी थिए ।”
प्रहरीका अनुसार ह्यारी डिसुजा र सोनी डिसुजा नामक निःसन्तान दम्पतीले पूजाको अ’प’हरण गरेका थिए । प्रहरीले उनीहरूलाई प’क्रा’उ गरिसकेको छ। अ’प’हरणमा पर्नुअघि पूजा एउटा उपनगरको सुकु’म्बासी क्षेत्रमा दुई दाजुभाई र आमाबुबासँग बस्थिन् ।
ह’राएको दिन उनी आफ्नो दाजुसँगै विद्यालय पुगेकी थिइन् । तर, अचानक उनीहरूबीच झग’डा भएको अनि हतार पनि भइसकेकाले उनको दाजुले उनलाई विद्यालय बाहिरै छोडेर आफू भित्र गएका थिए। त्यहीबेला ती दम्पतीले उनलाई आइसक्रिम किनिदिने भन्दै फ’काएर लगेका थिए ।
घर फर्केकी पूजा’ले भेनेकी छन्, “ती दम्पतीले सुरुमा मलाई गोवा लगे । त्यसपछि मलाई कर्णाटक र दक्षिणी र पश्चिमी भारतीय राज्यहरूमा लगे । म रुँ’दा वा मैले आफ्नोबारे चि’न्ता गर्दा उनीहरूले मलाई चो’ट पुयाउने चे’तावनी दिने गर्दथे ।
केही समय मलाई उनीहरूले विद्यालय पनि पठाए । तर, उनीहरूको आफ्नै सन्तान भएपछि भने मलाई विद्यालयबाट निकालियो । रउनीहरू सबै मुम्वइ बसाइँ सरे ।”
पूजा भन्छिन्, “आफ्नो बच्चा भएपछि उनीहरूले मलाई पेटीले पि’ट्ने, ला’त र मु’क्का हा’न्ने गर्न थाले । एक पटक त उनीहरूले ह’तियार प्रयोग गरी मेरो ढाडबाट र’ग’त बगाइ दिए । मलाई दिनरात काममा जो’ताइन्थ्यो । उनीहरू बसेको स्थानबाट मेरो परिवारको घर नजिकै थियो ।
तर, मलाई बाटो थाहा थिएन, मसँग पैसा र फोन पनि थिएन । साथै उनीहरूले सधैँ म माथि कडा नजर राख्थे ।” आफ्नो मु’क्तिबारे उनी भन्छिन्, “एकदिन उनीहरू सु’तिरहेका बेला मैले उनीहरूको मोबाइल हात पार्न सफल भएँ ।
मलै युट्युबमा मेरो नाम टाइप गर्नासाथ पोस्टर र भिडियोमा मेरो अप’ह’रणकोबारे उल्लेख गरिएको खबर भेटाएँ । त्यहाँ मद्दतका लागि कल गर्ने टेलिफोन नम्बरहरू पनि थिए । मैले मद्दतका लागि प्रयास गर्ने निर्णय गरेँ । तर, यसका लागि त्यही घरमा घरेलु काम गर्ने ३५ वर्षीया प्रमिला देवेन्द्रसँग कुरा गर्ने साहस बटुल्न नै मलाई सात महिना लाग्यो ।” प्रमिला तुरुन्तै उनलाई सहयोग गर्न तयार भइन् ।
उनले पोस्टरमा सम्पर्कका लागि राखिएको पूजाकी आमाको छिमेकी रफिकलाई फोन गरिन् । पहिलोपटक आमा छोरीले भिडियो कलमा कुरा गरे । त्यसपछि उनीहरूबीचको भेटघाट मिलाइयो । पूजाकी आमा भन्छिन्, “सबै’भन्दा पहिले मैले छोरीको शरीरमा रहेको जन्मिँदै देखिको ख’त जाँचे ।
दुरुस्त ख’त भेटिएपछि मेरो खुशीको सीमा नै रहेन । मेरा सारा शं’का अ’न्त्य भए र छोरी फिर्ता पाएँ ।” पूजा घरे फर्के’कोमा उनको परिवार मात्र नभइ सारा आफन्त र छिमेकी पनि अति खुशी छन् । बीबीसी