शनिबार ११ चैत्र २०७९

काठमाडौँ / आइसिसी विश्वकप क्रिकेट लिग-२ मा युएईमाथि डिएल मेथडमा ९ रनको जित निकाल्दै आइसिसी विश्वकप छनोटमा पुगेको खेलमा नेपालले चार अर्धशतक प्र’हार गरेको छ। नेपालका लागि गुल्सन झाले नटआउट ५० रन, ओपनर कुशल भुर्तेलले ५० रन, भीम सार्कीले ६७ रन र आरिफ शेखले ५२ रन जोडेका हुन्।

बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ औं ओभरमा ६ विकेटको क्ष’तिमा २६९ रन बनाएको स्थितिमा खेल प्रकाशका कारण रोकिएको थियो। त्यतिबेला नेपालका लागि गुल्सन झाले नटआउट ५० रन र दीपेन्द्रसिंह ऐरीले १० रन बनाएर खेलिरहेका थिए। तर अम्पायरले प्रकाशका कारण खेल रोकेपछि खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो।

हजारौं दर्शक उर्लिएको कीर्तिपुर मैदानमा नेपालले अहिलेसम्मकै उत्कृष्ट खेल देखायो। युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरूआतमै द’बाब झे’ले पनि विस्तारै आफ्नो पक्षमा परेको थियो। चार ब्याट्सम्यानले अर्धशतक प्र’हार गर्दा नेपालले उत्कृष्ट जित निकाल्यो।

खेलमा नेपालले तेस्रो बलमा आसिफ शेखलाई शून्यमा गुमाएको थियो। तेस्रो ओभरमा कुशल मल्ल ५ रनमै आउट भएपछि नेपाल सुरूमै दबाबमा परेको थियो। त्यसपछि रोहित पौडेल १६ रन जोडेर आउट भए। रोहित सातौं ओभरको पाँचौ बलमा आउट हुँदा नेपालले ३ विकेट गुमाउँदा ३७ रन जोडेको थियो।

त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे। कुशल ५० रन जोडेर आउट भएका थिए। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

कुशल आउट भएपछि भीमले आरिफ शेखसँग अर्को उत्कृष्ट साझेदारी गरे। भीमले आउट हुनुअघि ६७ रन जोडेका थिए। उनले ७६ बलमा ९ चौका हि’र्काए। उनले पाँचौं विकेटका लागि आरिफसँग ८३ रनको साझेदारी गर्दै नेपालको आशा पलाएको थियो।

भीम ३१ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोडेको थियो । आरिफ शेखले पनि अर्धशतक बनाएपछि नेपालले विस्तारै खेल आफ्नो पक्षमा परेको थियो ।

आरिफले जुनइद खानको एलबिडब्लूको धरा’पमा पर्नुअघि ५२ रन जोडे। आरिफले ६२ बलमा २ चौका हि’र्का’ए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्ष’तिमा ३१० रन जोड्यो।

युएईका लागि सातौं नम्बरमा ब्याटिङ गरेका आसिफ खानले आक्रामक ब्याटिङ गरे। उनले ४२ बलमा नटआउट १०१ जोडे। यस्तै वृत्य अरिवन्दले अन्तिम बलमा आउट हुनुअघि ९४ रन जोडेका थिए। युएईले अन्तिम ७ ओभरमा ११४ रन जोडेको थियो। ४३ ओभरमा दुई रन पूरा गरेको युएईले पछिल्ला ओभरमा उत्कृष्ट ब्याटिङ गरेको थियो।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए। अघिल्ला खेलमा किफायती बलिङ गर्ने गरेका सन्दीप बिहीबार भने महँगो सावित भए। उनले १० ओभरमा १ विकेट लिँदा ८० रन खर्चिए। सन्दीपलाई ४९ औं ओभरमा युएईका आसिफले लगातार चार छक्का प्र’हार गरेका थिए।

नेपाली क्रिकेट टोलीलाई विश्वकप छनोटमा पुर्‍याएपछि प्रशिक्षक मोन्टी देसाईले आफूहरु अझै सिक्ने चरणमै रहेको बताएका छन्। यूएईलाई ९ रनले हराएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले खेलाडीहरुले टिम गेम खेलेकाले जित सम्भव भएको बताए।

‘खेलाडीहरुले मलाई विश्वास गरे। टिम गेम खेले’, उनले भने, ‘फ्यानहरुको साथ झनै ठूलो थियो । हजारौँ समर्थक आएर हौसला बढाउनु भयो’, उनले भने, ‘हामी अझै सिक्ने चरणमै छौँ, सिक्दै अघि बढ्छौँ । हामी समर्थन गरिरहनुस् ।’

उनले आफूहरु अझै नयाँ कुरा सिक्ने यात्रामा रहेको बताए । ‘विश्वकप छनोटमा पनि हामी केही सिक्छौँ’, उनले भने, ‘हामी नयाँ कुरा सिक्न चाहन्छौँ, सिकिरहेका छौँ ।’

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया