शुक्रबार १२ आश्विन २०८०

काम गर्दा होस् या बाटोमा हिँड्दा हामीजसो धेरैले मनोरञ्जनका लागि हेडफोन वा इयरफोनबाट गीत सुन्ने गरेका हुन्छौं । एक अध्ययनका अनुसार मानिसहरु सामान्यतया दिनको ३ देखि ४ घण्टासम्म इयरफोन प्रयोग गर्छन् ।

यसरी लामो समयसम्म इयरफोनको प्रयोग गर्दा कानलाई नभएर हाम्रो श्रवण क्षमतामा पनि कमी आउन सक्छ । विशेषज्ञका अनुसार ६० मिनेटभन्दा बढी हेडफोन र इयरफोन प्रयोग गर्नु हा’निकारक हुन सक्छ । तर भोल्युम कम भएमा एक घण्टाभन्दा बढी प्रयोग गर्न सकिन्छ।

अर्कोतर्फ यसको लगातार प्रयोग गरेमा टाउको दुख्ने, मुटुको समस्या र कान दुख्ने जस्ता समस्या हुन सक्छ । इयरफोनमा १०० डीबीसम्मको आवाज आउन सक्छ, जसले कानलाई हा’नि पु¥याउन पर्याप्त छ । चिकित्सकहरुका अनुसार ८५ डीबीभन्दा माथिको आवाज लामो समयसम्म सुन्दा कानमा क्ष’ति पुग्न सक्छ ।

हेडफोनले कानमा तातो पैदा गर्छ, जसले ब्याक्टे’रियाको कारणले कानमा संक्र’मण हुने जो’खिम बढाउन सक्छ। वास्तवमा, लामो समयसम्म इयरफोन लगाउनाले कानको स्ना’युमा द’बाब पर्छ, जसका कारण नसाहरू सुन्नि’न्छन् ।

यसको प्रयोगले कानमा क’म्पन हुन्छ, जसका कारण श्रवण कोशिकाहरू नराम्ररी प्र’भावित हुन्छन् । यही कारणले गर्दा कहिलेकाहीँ हेडफोनको प्रयोगले कान दु’ख्ने गर्छ । अर्कोतर्फ, अ’त्या’धिक प्रयोगले सुन्ने क्ष’मता घट्छ । यसका साथसाथै टाउ’को दु’ख्ने सम्भा’वना पनि हुन्छ ।

यदि तपाईं आफ्नो इयरफोन अरूसँग साझा गर्नुहुन्छ भने यो नगर्नुहोस् । यसो गर्दा कानमा सं’क्रमण हुने ख’तरा हुन्छ । यदि साथीको हेडफोन वा इयरफोनमा कुनै हा’निकारक ब्या’क्टेरिया र भाइरस छ भने यसले तपाईंको कानलाई पनि हा’नि पु(याउन सक्छ ।

चिकित्सकका अनुसार इयरफोनको अत्या’धिक प्रयोगले च’क्कर लाग्ने, निन्द्रा न’लाग्ने, टाउको दु’ख्ने र कान दु’ख्ने जस्ता समस्या पनि हुन्छ । च’र्को स्वरमा गीत सुन्दा मुटुको ध’ड्क’न बढ्छ, जसका कारण र’क्त’चाप बढ्छ र मु’टुलाई पनि हा’नि पु¥याउँछ ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया