आइतबार १७ मंसिर २०८०

गीत गाउँदागाउँदै स्टेजमै ढ’लेर चर्चित हलिउड र्‍यापर कोस्टा टिचको नि’ध’न भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उनको २७ वर्षकाे उमेरमा नि’ध’न भएको हो ।

कोस्टा मार्च ११ मा जोहानेसबर्गमा भएको अल्ट्रा म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका थिए । स्टेजमा गीत गाउँने क्रममा उनी बे’हो’स भएर ल’डे’का थिए । त्यहि क्रममा उनको नि’ध’न भएको हो ।

कोस्टाको यो अन्तिम कन्सर्टको भिडियोले सामाजिक सञ्जालमा अहिले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा कोस्टा स्टेजमा प्रस्तुति दिइरहेका छन् ।

यस क्रममा उनी दुई पटक ल’डि’रहेको देखिन्छ । उनले एक पटक आफूलाई ल’ड्नबाट सम्हाल्छन् । तर, केही समयपछि उनी पुन ल’डि’रहेको भिडियोमा देख्न सकिन्छ । कोस्टाको निध’नको कारण भने खुल्न सकेको छैन ।

उनको नि’धनको खबर सार्वजनिक हुने बित्तिकै सबै कलाकार, संगीत क्षेत्र र उनका फ्यानहरु स्त’ब्ध भएका छन् । कोस्टाको जन्म सन् १९९५ मा नेल्सप्रुटमा भएको थियो । कोस्टा ‘एक्टिभेट’ र ‘नकलकथा’ जस्ता हिट फिल्मका लागि परिचित थिए ।

उनले हालैमात्र चर्चित अमेरिकी गायक एकोनसँगको रिमिक्स गीत गाएका छन् । उक्त गीत संसारभर चर्चामा रहेको छ । उनको अ’चा’नक मृ’त्युले दक्षिण अफ्रिकी संगीत उद्योगलाई ठूलो क्ष’ति पु र्‍याएको छ ।

१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया