आइतबार १७ मंसिर २०८०

छोरा वा छोरीको विवाह गरिदिने चलन त संसार भरी नै चल्दै आएको छ । तर भर्खरै दाङको तुलसीपुरमा सासु ससुराले बुहारीको विवाह गराइदिएका छन ।

बिहीबार तुलसीपुरका शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको बर्दघाट नगरपालिका वडा नं. ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसँग विवाह गरिदिएका हुन् ।

शिव श्रेष्ठका छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा (क्या’न्स’र रो’ग) को उपचारको क्रममा नि’ध’न भएको थियो । छोराको मृ’त्युपछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा लिएका थिए ।

३० वर्षीय आरती सासु बिना र ससुरा शिव श्रेष्ठसगं तुलसीपुरमा बस्दै आएकी थिइन । छोरी आरतीको सुन्दर भविष्यको कामना गर्दै कन्यादान गरि विवाह गराइदिएको शिव श्रेष्ठले बताए ।

‘छोराछोरी नभई वि’धवा भएपछि अलपत्र परेका धेरैका छोरी छन्,श्रेष्ठले भने,‘घर माइतीले उनका समस्या नबुझेर जिन्दगी भर दुः’ख पाएका पनि छन्,तर हामीले बुहारी पनि छोरी सरह हुन, हामीले छोरीको भविष्यका लागि घर पक्ष र माइतीका सबैको सल्लाहले विवाह गरिदियौं ।’

यो विवाहले बुहारी पनि छोरी सरह नै हुन भन्ने सकारात्मक सन्देश दिएको र यसले महिला हिं’सा न्युनिकरणमा थप सहयोग पुग्ने अधिकारकर्मी सुस्मा गिरी बताउँछिन ।

आरतीको विवाहमा यहाँका जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेताहरुगणहरु, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो । यमकला भुसाल / पोष्ट पाटी बा’ट ।

१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया