शनिबार ०८ आश्विन २०७९

बैतडी/ बैतडीकी भागरथी भट्ट घट’नाका अभि’युक्त दिनेश भट्टले पछिल्लो समय बयान फेरेका छन् । भागिरथी घट’नापछि दिनेशको परिवार बैतडीबाट महेन्द्रनगर गएको छ । अहिले दिनेशले भने आफ्नै दिदीमाथि त्यस्तो घट’ना गर्न नसक्ने बताएका छन् ।

दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् । प्रहरीले उनैले ब ला त्का र पछि ह त्या गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीमाथि यस्तो सोच्न पनि नसक्ने भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले घट’नामा संलग्नता अस्वीकार गरेका छन् ।

भागरथी घट’नामा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । घट’नामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी घट’नाको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम भनेको बुझिएको छ ।

बाल सुधार गृहबाट फोन गरेर आफूले घ’टना नगरेको बताएको दिनेशका बुवा दिपकराज भट्टले दावी गरे । शनिबार उनी आफै दिपायल गएर छोरो भेटेर आएको थिए । दिनेशका बाबुका अनुसार एक जना वडा कार्यालयकै कर्मचारी भएको र अर्को व्यक्तिलाई नचिनेको समेत छोराले भनेको छन् ।

तर, नेपाल प्रह’रीले भने बाहिर अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको कुनै अर्थ नरहेको जनाएको छ। परिवारको रोहबरमा बयान लिने क्रममा अभि’युक्तले प्रह’री, सरकारी वकिल र जिल्ला अदालतमा समेत अ प रा ध स्वीकार गरेको र प्रमाणले समेत उनको संलग्नता पुष्टि गरिसकेको बताउँदै यी कुराको अर्थ नहुने जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले कसले के भन्यो भन्ने कुरा फेरी प्रमाणित गर्नुपर्ने जरुरी नभएको बताएका छन् ।

३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया