शुक्रबार १२ आश्विन २०८०

होली रङहरूको उत्सव हो । तर, होलीमा रङको सही प्रयोग नभए यसको असर दीर्घकालसम्म देखिन सक्छ । विभिन्न खाले रङले छालामा गर्ने असर र त्यसको दी’र्घकालीन प्रभा’वबारे छालारोग एसोसिएसनकी अध्यक्ष डा. सविना भट्टराईसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको यो सामग्री जनचेतनाका लागि :

बजारमा पाइने सामान्य रङमा के मिसावट हुन्छ ?
सामान्यतया रातो रङ जसलाई अबिरको रूपमा पूजाकर्ममा पनि धेरै प्रयोग गरिन्छ । सामान्यखाले अबिरमा मर्करीको मात्रा धेरै हुन्छ । साथै सल्फाइडको मिसावट गरिएको हुन्छ, यसको अधिक प्रयोगले छाला हुँदै क’ले’जो र कि’ड्नीसम्म पनि असर गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

निलो रङमा भने प्रुसियन ब्लू नामक रसायन मिसाइएको हुन्छ । त्यस्तै, हरियो रङमा कपरको मात्रा धेरै हुन्छ । जुन छालामात्रै नभई कपाल र नङका लागि पनि उत्तिकै हा’निकारक हुनजान्छ । सिल्भर रङमा आल्मुनियमको मात्रा धेरै हुन्छ, यसले छालाको पत्रलाई सुख्खा बनाएर भित्रैसम्म ए’ल’र्जी गराउन सक्छ ।

खासगरी रातो, हरियो र चम्किला रङहरूले छालामा स्थायी समस्या ल्याउन सक्छन् । त्यस्तै, नङ पाक्ने, रगतसम्म पुगेर शरीरभरि फैलिएर विभिन्न अंगमा असर गर्नेजस्ता दी’र्घकालीन अस’रहरू यी रङले ल्याउन सक्छन् । कतिपय मानिसमा यस्ता रङ नै छालाको क्या’न्सरको कारण बनेका उदाहरण पनि छन् ।

को कसले रङ नखेल्ने ?
ग’र्भ’वती र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई रङको प्रयोग गरेर होली नखेल्न डा. भट्टराईको सुझाव छ । पाँच वर्षमुनिका बालबालिकाको छाला एकदमै कोमल हुने भएकाले उनीहरूलाई रङको प्रयोगले छालाको पत्र जाने घा’उ हुनेजस्ता स’मस्या देखिनसक्छ ।

त्यस्तै, ग’र्भ’वती अवस्थामा प्रयोग गरिएको रसायनयुक्त रङले पेटभित्रको शिशुलाई समेत अ’स’र पुर्‍याउने डा भट्टराई बताउँछिन् ।

अनुहारमा रङ लगाइएमा कति बेरसम्म राख्ने ?
पहिले नै छालासम्बन्धी समस्या भएकाहरूले रङको प्रयोग गर्दै नगर्ने । सामान्य छाला भएकाहरूले पनि रङ लगाएम बढीमा १५ देखि २० मिनेटभन्दा धेरैबेर राख्न हुँदैन । अनुहारमा भएको असर त्यही दिन मात्रै नभई एक साताभित्रसम्म पनि देखिन सक्छ ।

छालामा लगाइएको रङ कसरी सफा गर्ने ?
यदि अनुहार वा अन्य छालामा रङ क’डा भएर बसेको छ भने त्यसलाई बेस्सरी मा’डेर धुनुहुँदैन । क’डा साबुन, फेस वास या अन्य वस्तुले रगडेर धुँँदा छालाका बाहिरी पत्र जाने स’म्भावना हुन्छ ।

त्यसैले अनुहारको रङ सफ गर्न बच्चाको साबुन, स्याम्पु, कोमल खालको फेसवास प्रयोग गर्नुपछ । बरु एकपटकमा नगए पटकपटक गरी धुनु राम्रो हुन्छ ।

होलीपछिको छाला स्वास्थ्य कस्तो पाइएको छ ?
होलीपछि प्रत्येक वर्षजसो ओपीडीमा छालाको समस्या लिएर आउने बि’रामी बढ्ने गरेका छन् । विशेषगरी अुनहारमा ए’लर्जी आएका, अनुहार सुन्निएका, नङ पा’केका, हात तथा मुखको छाला सुख्खा भएर धेरै बिरामीहरू आउँछन् ।

यसरी होलीको एक हप्तासम्म छालाका बिरामी धेरै आउने गर्छन भने केही बिरामीहरू रङकै कारण पछिसम्मै पनि निरन्तर रुपमा औषधिको प्रयोग गर्नुपर्ने अवस्थामा पनि पुगेका उदाहरणहरू भेटिएका छन् । त्यसैले स’जग र स’चेत भएर मात्रै होलीमा रंगको प्रयोग गरौँ ।

३९० पटक हेरिएको

तपाईको प्रतिक्रिया