
ज्योतिष शास्त्रका अनुसार हरेक सपनामा देखेका कुराहरुको अर्थ हुने बताउछन् । किनभने प्रत्येक मानिसहरुले सपना देख्छन् । धेरैले विर्सन्छन् भने कमैले मात्र विहान अरूलाई पनि सुनाउने गर्दछन् ।
तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिषीहरुले बताएका छन्। किनभने आफुले देखेका केही यस्ता सपनाहरुले जीवनमा सफलता हासिल गर्ने सपनाहरु हुन्छन्।जसले तपाईको जीवनमा पुरै परवर्तन गरिदिनुका साथै धन, सुख र शान्ति ल्याउँछन्। यदि तपाईले यी तल दिएका ५ चिजहरु सपना देखेर कसैलाई भन्नुभयो भने फल प्राप्त हुँदैन ।
के-के हुन् ती सपना ?यदि तपाईले आफैलाई मृ’त अवस्थामा सपनामा देखेका कसैलाई नसुनाउनुहोस् । किनभने यो तपाईको लागी शुभ हो । यदि सपनामा कतै हरा भराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हो । यो पनि कसैलाई नसुनाउनुहोस् सपनीमा सानो माछा खा’एको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुस ।
किनभने माछालाई देवताको प्रतिक मानिन्छ । सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुस् । सर्पलाई नाग देवता मानिन्छ । यो तपाईका लागि निकै शुभ हो । सपनीमा ब’लिरहेको दियो ,वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस् ।
यसैगरी मन्दिरमा नरिवल किन फो’डिन्छ? : मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येमा सबैभन्दा बढी नरिवल प्रयोग गरिन्छ । नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ । श्रीफला पनि भनिन्छ नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’।
भगवानलाइ चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ त्यसैले त महाफला पनि भनिन्छ यो फललाइ । उत्पति कसरी भयो? : वैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन ।
तर पुराण अनि महाकाव्यहरुमा भने यसको बारेमा उल्लेख गरेको पाइन्छ। यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ ।
कहिले प्रयोग गरिन्छ : नरिवललाइ धेरै जस्तो शुभकार्यको अगाडी प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फो’डिन्छ। नरिवललाइ उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुनेछ।
नरिवललाइ विवाह, कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदी कार्यमा पनि प्रयोग गरिन्छ। कुनै कार्यको शुभारम्भ पुर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल प्रयोग गरिने धार्मिक मान्यता छ।
कसरी प्रयोग गरिन्छ? : पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडी वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ। नरिवललाइ दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ। नरिवलको रुखलाइ पनि फलजतिकै शुभ मानिन्छ। चलिआएको विश्वास अनुसार नरिवलको रुख वि’नाश गर्नेको पनि विनाश हुने बताइन्छ।
भगवानलाइ किन चढाइन्छ नरिवल? : शुभकार्यको अगाडी भगवानको मुर्ती अगाडी नरिवल चढाइन्छ। यो प्रथाको पछाडी भयानक अर्को प्रथा लुकेको छ। परापुर्वककालमा मानिसको बलिदान गरिन्थ्यो। पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो। पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चलाउन थालियो।
तर नरिवल नै किन छानियो? : मानिस को सट्टा नरिवल नै किन प्रयोग गरियो त? मानिसको टाउकोको प्रतिनिधित्वको लागि नरिवल प्रयोग गरिएको हो रे। नरिवलमा हुने दागहरुले मानिसको टाउको जस्तै भान गराउने हुनाले नरिवलनै छानिएको भनि भनिन्छ। पछि नरिवल चढाउने चलन प्रख्यात भयो अनि मानिसहरुले किन र कसरी भन्ने बिर्सन पनि थाले।
सांकेतिक अर्थ : नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकारपनि टुट्ने बुझिन्छ । अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो श’त्रु मानिन्छ । हिन्दु ग्रन्थ अनुसार नरिवल फलनै ऋषि विश्वामित्रले बनाएका थिए ।
राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए । सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए। सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने।
अन्य प्रयोग : भित्री फलबाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ । बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ। भित्री फलह त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ ।
भित्री फलबाट तेलपनि निकाल्न सकिन्छ । यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ । नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ ।
नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सो’सेर मिठो पानी उत्पादन गर्छ। पेट, आ’न्द्रा तथा कि’ड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। कि’ड्नीमा प’थ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ । I support बा’ट ।