शनिबार २३ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारलाई फेरि विश्वासको मत लिनुपर्ने अवस्था आइपरेको छ । सरकारलाई समर्थन दिएका दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीहरु बाहिरिएपछि यस्तो अवस्था आएको हो ।

तर, प्रचण्डले सत्ता समिकरण नै फेरबदल गरेर बनाउन खोजेको नयाँ सत्ता समिकरणमा पावर सेयरिङमै वि’वा’द देखिने सम्भावना बढेसँगै विश्वासको मतमै सं’कट सिर्जना हुने त होइन ? आ’शं’का बढेको छ ।

राप्रपा र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका निम्ति तयारी तीव्र पारेका छन् । तर, राष्ट्रपति निर्वाचन अघि उनले विश्वासको मत लिने वातावरण तयार हुने देखिएको छैन । त्यसैले उनी चैत्र पहिलो हप्ताभित्र विश्वासको मत लिने तयारीमा छन् ।

राष्ट्रपति र उपराष्ट्रपति चयनको विषयमा गठबन्धन नै फेरेका प्रचण्डलाई विश्वासको मत प्राप्त होला ? आशंका उब्जिएका छन् । एमालेसँगको सहकार्य तो’डेका प्रचण्डले सोचे जसरी सहजै विश्वासको मत पाउनेमा जति आशंका छ त्यति नै कांग्रेसप्रति अविश्वास बढ्दो क्रममा छ ।

यदी, कांग्रेसले प्रचण्डलाई विश्वासको मत नदिई बसेमा संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने छ । यस का’नूनी व्यवस्थाप्रति कांग्रेस सचेत देखिन्छ । उसोतः कांग्रेस संसदको ठूलो पार्टी हो ।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत नदिएमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा सहजै प्रधानमन्त्री नियुक्त हुने बाटो खुल्छ । त्यसबेला राष्ट्रपति पनि कांग्रेसको आइसक्ने हुनाले देउवाले यस्तो तयारी नगर्लान भन्न सकिन्न् ।

प्रचण्डले एमाले अध्यक्ष केपी ओली र तत्कालीन सत्ता गठबन्धनबाट आफू दुई महिनामै ठूलो समस्याबाट गु’ज्रिएको बताएका छन् । कांग्रेस गु’मे’को सत्ता फिर्तिमा जसरी एकताबद्ध बनेको छ त्यसरी नै संविधानको धारा ७६ को उपधारा ३ लाई आकर्षित गर्न तयार नहुने आधारहरु देखिन्नन् ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले नै सरकारले विश्वासको मत राष्ट्रपति निर्वाचन पछि नै लिने तयारी भएको बताएकी छन् । सत्ताबाट एकाएक ब्याक गराएपछि कांग्रेसमा सभापति देउवा सबैको घे’राबन्दीमै परेका थिए ।

उनलाई पार्टी केन्द्रीय समिति बैठक बोलाएर चुनावी समिक्षा लगायतका कामहरु गर्न दबाब नै दिइयो । तर, देउवाले सुझबुझपूर्ण ढंगले बैठकलाई ध’के’ल्दै अन्ततः सत्ता प्राप्त गर्ने बाटोमा लागेका छन् । एमाले, रास्वपा र राप्रपाले छाडेकासहितका १५ मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता जोगाउन थप क’ठि’न हुने देखिन्छ ।

कांग्रेसले पूर्वसहमति अनुसार प्रचण्ड र माओवादीलाई गरेको उपेक्षाबाट ग’ल्ती भएको महशुस गरेको भनिएपनि राजनीतिक सत्ता प्राप्ति दलको अन्तिम अ’स्त्र हुने भएकाले प्रचण्डलाई स’क’स भने कायमै छ ।

राष्ट्रपति निर्वाचन अघि विश्वासको मत लिएको खण्डमा भने प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको सुरक्षामा थप सहजता पाउँथे । तर, त्यसपछिको राजनीतिक वातावरण र एमालेले कांग्रेसलाई हातमा लिएर काम गर्न खोजेमा भने प्रचण्डको सत्ता दा’उमा पर्ने पक्का छ । न्यु’ज 24 नेपाल बाट ।

२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया