
डोल्पा/ डोल्पामा हिउँ चितुवाको आक्रमणबाट ५० च्याङ्ग्राको मृ’त्यु भएको छ । चितुवाको आक्र’मणबाट जिल्लाको डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरे’का हुन् ।
बिगतको समयमा पनि उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्र’मणमाबाट च्याङ्ग्रा मा’रिदै आएका थिए । च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको छ ।
मारि’एका च्याङग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) अनुसार निकुञ्जद्वारा राहत दिनका लागि पहल गरिने निकुञ्जले जानकारी दिएको छ ।