आइतबार १७ मंसिर २०८०

टिकटकबाटै अभिनयमा भित्रिएकी एक सुन्दरी हुन् मिस पबी अर्थात पवित्रा साकी । टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी उनलाई अभिनयले भ्याइ नभ्याइछ ।

उनी अहिले सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेत व्यस्त बन्न थालेकी छिन् । पछिल्लो समय मिडियामा पनि राम्रो छाउने गरेकी उनी पुरानादेखि नयाँ गायक गायिकाको म्युजिक भिडियो मोडलको रुपमा प्रथामिकतामा पर्ने गरेकी छन् ।

टिकटक र मिडियामा राम्रो चर्चा हुने र भिडियोले पनि राम्रै भिउज पाउने भन्दै उनलाई भिडियो खेलाउन थुप्रै पछि लाग्न थालेका छन् । त्यसैले सातामै उनी अभिनित दुई वा सो भन्दा बढी म्युजिक भिडियो सार्वजनिक समेत हुने गरेका छन् । भिडियोका अलवा अचेल उनलाई विज्ञापन, विभिन्न टेलिसिरियलमा समेत अफर आउन थालेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी उनी डडेल्धुरी भाषामा टिकटक भिडियो पोष्ट गरेको कारण भाइरल भएकी थिइन् । यस्तैमा अब उनी नेपालको चर्चित टेलिसिरियल ‘मेरी बास्सै’ मा देखिने भएकी छिन् ।

त्यसका लागि उनले केही दिन अगाडि दुइ भाग अभिनय समेत गरिसकेकी छन् । आगामी दिनहरुमा समय मिलेसम्म मेरी बास्सैमा नियमित रुपमा अभिनय गरिरहने पनि उनको सोच रहेको छ ।

त्यस्तै उनले एउटा अन्तर्वार्तामा महिलाहरुलाई महि’नावारी हुने गरिने छु’वाछुतको व्यवहार आफूलाई मन नपर्ने र आफूले पनि पहिलोपटक त्यस्तै वि’भेद भोगेको र भैंसीको गोठमा सुतेको कुरा बताएकी छिन् । त्यस किसिमको वि’भेद अन्त्य गर्न आफू सधै लागिरहने उनले बताएकी छिन् ।

मेलम्चीको पानी वितरणमा ठाउँ-ठाउँ चुहावट भएर सडकमा क्ष’तिग्रस्त
/ काठमाडाैँ – मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्ष’ति पुगेको छ ।

उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्ष’ति पुगेको पाइएको छ । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन् । खाल्डाखुल्डी देखिएपछि टालिहाल्ने गरिएको भए पनि त्यस आसपासमा नयाँनयाँ चुहावट देखिरहेको देख्न सकिन्छ ।

पानी चुहावटका कारण सडकमा क्षति पुगेका ठाउँमा समन्वयमा मर्मत पनि भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कुनैकुनै भइसकेको र कतै भइरहेको डिभिजनका सूचना अधिकारी सुमित केसीले बताए । उनका अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिले पुनःस्थापना (खाल्डाखुल्डी पुर्ने काम) गरेपछि नै त्यहाँको सडक मर्मत गर्ने गरेकाे छ ।

लिमिटेड र कतैकतै आयोजना कार्यान्वयन निर्देशनालयले पुनःस्थापना गर्दा राम्रो काम नभएर दबिएकाले पुनः काम गर्न लगाइएको उनले बताए । ती निकायले तत्काल पुनःस्थापना गरेमा छिट्टै सडक बनाइने गरिएको र सडकमा पानी जमेर क’मजोर भइरहेको र यसले सडकमा पछिसम्म बि’ग्रन सक्ने सूचना अधिकारी केसीले जानकारी दिए । टालटुल गरेपछि पनि सडक पहिलेको जस्तो बलियो अझै नहुने उनले बताए । ललितपुर र भक्तपुरका तुलनामा काठमाडौँका सडकमा बढी क्ष’ति पाइएको छ ।

डिभिजनले हेरिरहेको सडकमध्ये ९० प्रतिशत स्थानमा खाल्डाखुल्डी टालिसकिएको सूचना अधिकारी केसीले बताए । उनका अनुसार गत वर्षहरुभन्दा यस वर्ष बर्खामा कम खाल्डाखुल्डी हुने गरी अहिलेदेखि नै मर्मत अघि बढाइएको हो । उनले भने, “देखेसम्म काम भइरहेको छ, तर पानी र चु’हा’वटले कति खाल्डा हुन्छ भन्ने थाहा हुँदैन ।”

जोरपाटी–सुन्दरीजल सडकमा धेरै पाइपलाइनमा चुहावटको समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाले बनाउनासाथ लिमिटेडले सडक खन्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । चुहावट आज एक ठाउँमा देखिएर बनाउँदा अर्काे दिन अर्काे ठाउँमा समस्या देखिइरहेको बताउँदै उनले भने “कतै सडकमै पाइपमा त कतै घरघरसम्म जाने पाइपमा समस्या देखिरहेको छ ।”

अहिले हरेक सडकमा नै चुहावटको समस्या रहेको सूचना अधिकारी जोशीकाे भनाइ छ । नख्खुबाट भैँसेपाटी सडक, सातदोबाटो–गोदावरी सडक, चावहिल–साँखु र भक्तपुर गरी निर्माणाधीन वा भर्खर कालोपत्र भएका सडक क्ष’ति पुगिरहेको उनले बताए । उनले भने, “अहिले त विद्युत्को तार अ’ण्ड’र’ग्राउण्ड गर्न पनि खन्ने काम भइरहेको छ ।”

सडकमा पूर्वाधार रहेका निकायका बीचमा समन्वयको कमी हुँदा उपत्यकाका सडकमा खाल्डाखुल्डी भएको भन्दै उपप्रधानमन्त्री एवं भौ’तिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै समन्वयका लागि काम सुरु गरेका छन् । नियमित समन्वयका लागि संय’न्त्र बनाएको छ भने नियमित अनुगमन र बैठक भइरहेका छन् । – रासस

२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया