शुक्रबार २२ मंसिर २०८०

गुल्मीका ८४ वर्षिय वृद्ध कुलानन्द खनाल र अर्घाखाँचीकी ६४ वर्षिया नारायणी पौडेलले विवाह गरेका छन् ।

डेढ दशकदेखि एक्लिएका धुर्कोट–२ सुफलका खनालले छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुः’ख भएकाले विवाह गर्नुपरेको बताएका छन् । छोरानाति छुट्टिएपछि उनी एक्लै वसोवास गर्दै आएका छन् ।

पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । कुलानन्दसँग विवाह गरेकी नारायणी पनि श्रीमान् बि’तेपछि एक्लै थिइन । उनका पनि तीन छोरा, दुई छोरी छन्। तर, उनीहरुले स’हा’रा नदिदा दुः’ख पाएकाले विवाह गरेको वताईन।

खनाल र पौडेल दुवैका छोरीको विवाह नेपालगन्जमा भएको छ । छोरी भेट्न गएका बेला संयोगले उनीहरुको भेट भएको थियो । दुः’ख साटासाट गर्ने क्रममा विवाहका लागि म’ञ्जुर भएको कुलानन्दले बताए ।

वृद्धावस्थाको विवाहले जो’डी बन्दा दिनचर्या सहज भएको नारायणीले सुनाइन् । तीन छोरालाई अंशबन्डा गरिदिएर आफूसँग ब’चे’को जिउनीबाट खुसीसाथ बाँ’च्ने कुलानन्दले बताएका छन् । – नेपाल आज बाट ।

२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया