
काठमाडौं / सिंहदरवारमा भएको तीन दलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारको विषय फाइनल नभएको बताएका छन् ।
माओवादी संसदीय कार्यालयमा बसेको बैठकपछि उनले सञ्चारकर्मीहरुलाई सबैसँग छलफल जारी रहेकाले अहिल्यै फाइनल नभएको बताएका हुन् ।
उनले भोलि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल हुने बताए। ‘भोलि एमाले अध्यक्षसँग पनि छलफल हुन्छ । सम्भवतः दिउँसोतिर बस्छौं,’ उनले थपे, ‘सबैको सबैसँग छलफल चलिरहेको छ। अहिल्यै केही टुंगो लागेको छैन।
राष्ट्रपति कसलाई बनाउने भन्ने विषय पे’चिलो बन्दै गएपछि बिहीबार प्रधामन्त्रीको सक्रियतामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल भएको हो ।
छलफलमा तीनै पार्टीका शीर्ष नेताहरूको सहभागी रहेको थियो । निर्वाचनअघिकै पाँच दलीय ग’ठबन्धन ब्युँ’ताउने प्रयासस्वरुप आज तीन दलको बैठक बसेको हो ।
बुधबार माओवादी र कांग्रेस नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो । सोही छलफलमा पाँच दलीय गठबन्धन ब्युँ’ताउने विषयमा छलफल भएको थियो ।