बिहिबार २१ मंसिर २०८०

काठमाडौँ/ नेपाली अभिनेत्रीहरु अहिले सामाजिक काममा पनि सकृय हुन थालेका छन् । बलिउड अभिनेत्री मनिषा कोइराला र नेपाली अभिनेत्री रेखा थापा त्यसको उदाहरण हुन् ।

राष्ट्रिय एकता परिषद् मार्फत उनीहरु सामाजिक काममा सकृय भएका छन् । त्यस वाहेक उनीहरुले सामाजिक सञ्जाल मार्फत पनि विभिन्न विषयमा आवाज उठाउँछन् । क्यान्सर जितेर सामान्य जीवनमा फर्किएकी अभिनेत्री मनिषा क्यान्सर विरुद्धकै सामाजिक अभियानमा पनि सकृय छन् । उनले आफ्ना अनुभव बाँड्ने र स्वास्थ्य जीवन कसरी बाँच्न सकिन्छ भन्ने विषयमा स्पीच दिने गर्छिन् ।

राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको महिला अधिकार सम्बन्धी कार्यक्रममा सहभागी भएकाहरुले आफुलाई रोक्न सकेनन् । आफुलाई परेको समस्या सुनाउँदा धेरै महिलाका आँखा भिजेका थिए ।

सहभागीले सुनाएका समस्या र पीडा सुनेर मनिषा र रेखाले पनि आफुलाई थाम्न सकेनन् ।

९४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया