शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / आज फागुन ६ गते शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । शनिबार परेको महाशिवरात्रि विशेष संयोग बन्दै गएको छ । यस दिन केही चीजहरू दान गर्नाले भोलेनाथ मात्र होइन, शनिदेवले पनि आशीर्वाद दिने मान्यता रहेको छ ।

त्यसैले यस महाशिवरात्रिमा केही चीजहरू दान गर्नुहोस् । हि’न्दू धर्ममा गाईलाई आमाको दर्जा दिइएको छ । त्यसैले महाशिवरात्रिको दिन गाईलाई रोटी र नुनसहितको अन्न खुवाउनुपर्छ । यस्तो उपाय गर्नाले घरमा सुख-समृद्धि आउँछ र जीवनमा उन्नति हुन्छ ।

महाशिवरात्रिको दिन दूध र दूधबाट बनेको वस्तु दान गर्नाले भोलेनाथको कृपा प्राप्त हुन्छ । शिवजीलाई दूध धेरै मन पर्छ । यसका साथसाथै शिवले चन्द्रमा धारण गर्दछन् र दूध चन्द्रमासँग सम्बन्धित छ ।

यस्तो अवस्थामा महाशिवरात्रिको दिन दूध दान गर्नुहोस् भोलेनाथको कृपाले अपार सुख, समृद्धि, धन र सुख प्राप्त हुनेछ । महाशिवरात्रिको दिन चिनी वा सखर दान गर्नुहोस् । चामल, चिनी, दूध वा खीर गरिबलाई दान गर्नुहोस् ।

यसो गर्नाले जीवनमा छिटो सफलता मिल्छ र सोचेका, आँटेका कामहरु पनि आगामी दिनमा चाँडै नै पूरा हुँदै जाने आधार तयार हुने गर्दछ । महाशिवरात्रिको दिन वस्त्र दान गर्नु पनि धेरै शुभ मानिन्छ । यस दिन गरिबलाई कपडा बाँड्नुहोस्, अन्नदान गर्नुहोस् ।

महाशिवरात्रिको दिन का’लो तिल दान गर्नुहोस् । तिल शनिदेवसँग सम्बन्धित छ । महाशिवरात्रिको दिन शिव’लिं’गमा तिल चढाउनुहोस् । यसका साथै का’लो तिल दान गर्नाले शनि’दो’ष हटेर हरेक काममा सफलता मिल्नेछ ।

२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया