मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / हि’न्दूहरुको एउटा महान पर्व मध्येको एक पर्व हो, शिवरात्री । महाशिवरात्रीको रुपमा मनाइएको यस पर्वमा भगवान शिवको विशेष पूूजा गरिन्छ । यस अवसरमा देशभरका शिवालयहरुमा भिड लाग्छ । यस वर्ष फागुन ६ गते शनिबार अर्थात् आज यो पर्व परेको छ ।

महाशिवरात्रीमा हि’न्दू धर्मावलम्बीहरूले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक भगवान् शिवको पूजा-आराधना गरि मनाउँछन् । रुपन्देही पनि विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौंको पशुपतिनाथ मन्दिरका साथै देशका प्रमुख शिवालयहरुमा शिवरात्रीको अवसरमा शुक्रबारदेखि केही दिनसम्म पूजा-आजा तथा मेला-महोत्सव सञ्चालन हुन्छन् । जसमध्ये केही प्रमुख मन्दिर तथा धामहरु:

हलेसी महादेव खोटाङ

पूर्वको पशुपति भनेर चिनिने खोटाङ जिल्लाको हलेसी महादेवको मन्दिरमा पनि आज शिवरात्रीको दिन भक्तजनहरूको भिड लाग्ने गर्दछ । प्रदेश नं १ का साथै देशका अन्य क्षेत्रका मानिसहरु पनि हलेसी महादेवको दर्शन गर्नका लागि टाढाटाढाबाट जम्मा हुने गर्दछन् ।

पर्रोहा बोलबमधाम
पश्चिमको पशुपति भनेर चिनिने रुपन्देहीको सैनामैना स्थित श्री पर्रोहा पर्मेश्वर शिवज्योतिर्लिङ्ग बोलबमधाममा शिवरात्रीको अवसरमा विशेष जलार्पण कार्यक्रम तथा मेला महोत्सव पनि आयोजना हुुन्छ ।

सिद्धबाबा मन्दिर, पाल्पा
रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा मन्दिरमा पनि शिवरात्रिमा भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ । हरेक वर्ष मन्दिरमा शिवरात्री विशेष कार्यक्रम हुने गर्दछ । यस वर्षका लागि पनि सम्पूर्ण तयारी गरिएको मन्दिर समितिका अध्यक्ष दल बहादुर गुरुङले जानकारी गराएका छन् । शिवरात्रीको अवसर पारेर मन्दिरलाई चिटिक्क पारी सजाइएको छ ।

सिद्धबाबा धाम, बुटवल
बुटवलको उत्तरतर्फ रहेको सिद्धबाबा मन्दिरमा पनि महाशिवरात्रीको अवसरमा विशेष पूूजा–आजा हुने गर्दछ । सिद्धार्थ राजमार्ग अन्गतर्गत पाल्पा सडकखण्डमा पर्ने यस मन्दिरमा भगवान शिवजीलाई पूजा गर्न विहानैदेखि भक्तजनको सहभागिता हुने गर्दछ ।

मुक्तिधाम
रुपन्देहीको बुटवल- १२ मा रहेको स्वामिनारायण मुक्तिनाथ धाम पनि शिवरात्रीमा पूजा–आजा हुने मुख्य धाम हो । १०८ धारा, शिब’लि’ङ्ग सहित विविन्न देव–देवता तथा देवीहरुको मन्दिर रहेको यस धाममा शिवरात्रीको अवसरमा विशेष पूजा-आजा हुने गर्दछ ।

निलकण्ठ बाबाधाम
घना तथा व्यस्त बुटवलको पूवतर्फ दिपनगरमा अवस्थित निलकण्ठ बाबा धाममा पनि शिवरात्रीको अवसरमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । वर्त बसेर पूजा गर्ने वा नजिक पूजा गर्न चाहने बुटवलबासीहरुका लागि यो मन्दिर नजिकको तिर्थस्थल मानिन्छ ।

माथि उल्लेखित स्थानहरूबाहेक पनि देशका सबै शिव मन्दिरहरूमा बिहान सबेरैदेखि भगवान शिवको पूजाआजा हुने गर्दछ । हि’न्दूहरूका अराध्यदेव पशुपतिनाथलाई नै सम्पूर्ण जगतको रक्षक मानेर पूजा गर्ने परम्परा रहँदै आएको छ।

२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया