
काठमाडौँ / आमा कुवेतमा बाबु मलेसियामा । छोराछोरी आफ्नी फूपूकहाँ बस्छन् । स साना बालबालिका छा’डेर बाबु एउटा देश, आमा अर्को देश पुगेका छन् । त्यो परदेशमा पनि सजिलो त कहाँ भयो र ?
कुवेत पुगेकी बाँकेकी चन्द्रकला बुढाथोकीले अहिले आफ्नै रोजगारदाताबाट यातना पाएकी छिन् । नेपालमा भएका उनका छोराछोरीले चाहिँ आफ्नी आमा चन्द्रकलाले दुः’ख पाएको र उ’द्दा’रका लागि या’चना गर्दै भिडियो कार्यक्रम सिधा कुरा जनतासँगलाई पठाएका छन् ।
घरेलु कामदारमा रुपमा कुवेत पुगेकी बाँके राप्ती सुनारी गाउँपालिका- ७ की चन्द्रकला बुढाथोकी बिच’ल्लीमा परेकी छिन् । घरको आर्थिक अवस्था ना’जुक भएपछि कुवेत पुगेकी उनलाई रोजगारदाताले च’र’म शोष’णमा पारेको परिवारले बताएका छन् ।
आफ्ना दुइ छोरालाई घरमै छाडेर गत पुष ७ गते चन्द्रकला कुवेत हा’निएकी थिइन् । तर, उनी त्यहाँ रोजगारदाताको च’रम शो’षणमा परिन् । एक छाक राम्रो खाना पनि नपाउने अवस्थामा बसेकी छिन् उनी ।
आमा विदेशमा रोजगारदाताको च’रम शो’षणमा परेपछि छोरा लोकेन्द्र र दुर्गेश बुढाथोकीले आमाको उद्दा’रका लागि सिधा कुरा जनतासँगलाई भिडियो सन्देश नै पठाएका छन् ।
बुबा ललित बुढाथोकी पनि झण्डै डेढ वर्षअघिदेखि मलेसियामा छन् । आमा पनि कुवेत गएपछि उनीहरु आफ्नो फुपुको घरमा स’हा’रा लिइरहेका छन् ।
हाल चन्द्रकला छोरा तथा अन्य आफन्तहरुसँग फोन सम्पर्क समेत आएकी छैनन् । घर मालिकले उनको मोबाइल खो’से’को परिवारले बताएको छ । चन्द्रकलालाई कुवेत पुर्याउने एजेण्ट प्रेम रसाइलीलाई हामीले सम्पर्क गरेका छौँ । हामीसँगको कुराकानीमा उनले चन्द्रकलालाई छिट्टै नेपाल फर्काउने बताएका छन् ।
एजेण्टले चन्द्रकलालाई पनि भारत हुँदै कुवेत पुर्याएका थिए । सरकारले २०७३ चैत २० गतेदेखि नेपाली कामदारहरुलाई घरेलु कामदारका रुपमा खाडी जान पूर्ण रुपमा रो’क लगाएको थियो । रो’क लगाएपछि झनै अवै’धा’निक बाटो भारत हुँदै जाने नेपाली कामदारको संख्या बढेको पाइएको छ । – न्यु’ज 24 नेपाल बाट । हेर्नुहोस् पूरा भिडियो :