आइतबार १७ मंसिर २०८०

काठमाडाैँ/ भारतीय जे’लबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसाद तिम्सिना आइतबार बिहानै स्वदेश आइपुगेका छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले जनाए । पत्रकार सम्मेलनपछि उनलाई इलाम माई नगरपालिका–१० स्थित घर पुर्याइने छ ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कम’जोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जे’ल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र् रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए । शुक्रबार भाइ प्रकाशचन्द्र अदालत पुगेर सबै कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार उनलाई छाडिएको हो । अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । ( news24 nepal बाट )

१०५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया