
काठमाडौं / चर्चित गीतकार तथा निर्देशक हिराकाजी थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो सार्वजनिक भएको छ ।
निर्देशक थापाकै शब्दमा तयार सार्वजनिक गीतमा ओम सुनारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा खड्ग गर्बुजा र तृप्ति खड्का गुरुङको स्वर रहेको छ ।
सार्वजनिक भएको यस कौ’डा गीतमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई र श्रवण थापालगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ ।
भर्खरै सार्वजनिक भएको यस गीतले गाउँ घरमा रमाइलो गर्दै कौ’डा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कै’द गरिएको छ ।
उत्सव दाहालको उत्कृष्ट छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको उक्त गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले रहेका छन् ।
बेलायतबाट भर्चुअल माध्यममै आधा दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको गीत आठौँ प्रस्तुति हो । हेर्नुहोस् भिडियो :-