
काठमाडौँ / संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीका सभापति भएर पनि शेरबहादुर देउवाको प्रमुख प्रतिपक्षी दलको नेता पद अझै दाउमै छ । सर्वोच्च अदा’लतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण बुधबार मा’ग गरेपछि पार्टीको दा’बी दाउमा परेको प्रमाणित भएको हो ।
देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद् सचिवालयको निर्णय’वि’रुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदा’लतमा रिट दायर गर्नुभएको थियोे । सो रिटमा बुधबार न्यायाधीश सुस्मालता माथेमाको इजलासले रिट नि’वेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे,
संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दै’निकमा प्रका’शित छ ।
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्दै : काठमाडौं / आज उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । यस संयन्त्रमा सत्ता साझेदार दलका शीर्ष नेताहरु सम्मिलित छन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठक बस्ने निर्णय भएको थियो ।
बैठकमा सरकारका काम कारवाही, राष्ट्रपतिको निर्वाचन र सुदुरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत लगायनका विषयमा छलफल हुने जनाइएको छ ।
राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । सत्ता गठबन्धन भित्रै राष्ट्रपति कस्लाई उठाउने भन्ने विषयमा एकमत छैन । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको खोजी गर्दैछन् भने एमाले अध्यक्ष ओली आफ्ना उम्मेदवारालाई राष्ट्रपति निर्वाचित गर्ने अ’डा’नमा छन् ।
त्यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदैछन् । बुधबार नै विश्वासको मत लिने कार्यक्रम भएपनि नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि आजका लागि सारिएको थियो ।
उक्त पार्टीले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढ’ल्ने निश्चित छ । केपी शर्मा ओली अध्यक्ष रहेको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको हो ।