
काठमाडाैँ / अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन् ।
बुधवार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी पावरले यस्तो बताएकी हुन् । उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताइन् ।
उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दा’बी गरिन् । उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रुपमा नबुझ्नसमेत आग्रह गरिन् ।
अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको बताउँदै उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको दाबी गरिन् ।
‘भूराजनीति परिवर्तन भइ नै रहन्छ । शीत’यु’द्धभन्दा अघि एक ठाउँ थियो र शीत’यु’द्धमा अर्को र पछि अर्को भयो,’ उनले भनिन्, ‘तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला ।
हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो ।’
प्रमुख सामन्थले सञ्चारकर्मीहरुले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा हेरेको बताइन् । उनले सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन् । न्यु’ज 24 नेपाल