
शर्मिला वाईबाले आफूले ऋषि धमलाबारे हिजो बोलेको अभिव्यक्ति सत्य नभएको बताएकी छिन् । आज फेरी एक भिडियोमा अन्र्तवार्ता दिँदै उनले मा’फी मागेकी छन् ।
उनले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको तर त्यस्तै कुनै सम्बन्ध नभएको बताएकी छन् । आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको बताउदै उनले धमलालाई सि’ध्या’उन गिरोह लागेको समेत बताएकी छन् ।
धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको जि’किर छ । उनले आफूसँग कुरा गरेका पत्रकारहरुले अनेक कुरा गरेको समेत बताइन् । उल्टै उनले आफु माथि मा’नहानी समेत भएको बताएकी छन् ।
सोमबार अन्र्तवार्ता भरी ऋषि धमलालाई गा’ली गरिेकी उनले आज फेरी एकाएक बोली फेरेकी हुन् । उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको तथा भन्दै उनले आ’क्रो’श समेत पो’खेकी छिन् ।
उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको र आफू र ऋषिलाई सिध्याउने डिजाईन भएको पनि खु’ला’सा गरेकी छिन् । उनले आफूले बोलेको कुरालाई ऋषि धमलासँग मा’फी माग्दै अब देखी यस्तो नबोल्ने बताएकी हुन् ।
यो पनि,ओखलढुंगा : वडाध्यक्षले दिए व्यक्तिगत खर्चमा ३३ जनालाई ज्याकेट : निर्वाचन अघि उम्मेदवारहरु विभिन्न चुनावी एजेन्डा र प्रतिबद्धता लिएर आफूहरुलाई भोट दिन आग्रह गर्दै मतदाताको घरघरमा पुग्छन् । तर निर्वाचित भइसकेपछि मतदाताको समस्या बुझ्न फर्केर पनि नजाने गरेको गुनासो नौलो भने होइन ।
यता केहिँ जनप्रतिनिधि भने चुनावअघिको बाचा पूरा गर्न लागिपरेर उदाहरणिय बन्दै गएका छन् । यस्तै उदाहरणीय जनप्रतिनिधि हुन् सिद्धिचरण नगरपालिका ११ का वडाध्यक्ष विनोदकुमार ताम्राकार । जसले चुनावअघि आफू निर्वाचित भए वडा कार्यालयबाट आफूले पाउने सबै तलब, भत्ता सामाजिक हितको काममा खर्चिने प्रतिबद्धता जनाएका थिए ।
सोहि प्रतिबद्धताअनुसार अहिले उनले वडा कार्यालयबाट पाएको तलब भत्ता सामाजिक हितको काममा खर्च गर्दै आएका छन् । गत असोजमा मात्रै उनले वडाका ३२ जना अति बिपन्न, अशक्त, अपाङग र एकल महिलालाई टोलटोलमै पुगेर आफ्नै व्यक्तिगत खर्चमा खाद्यान्न वितरण गरेका थिए । त्यसको केहि महिनापछि पुन वडाकै अति विपन्न २ परिवारलाई खाद्यान्न वितरण गरे ।
यसै क्रममा आज (बुधबार) फेरि उनले आफ्नै खर्चमा वडाका ३३ जना जेष्ठ नागरिक, अति बिपन्न, अशक्त, अपाङग र एकल महिलालाई ज्याकेट वितरण गरेका छन । वडा कार्यालयमै एक कार्यक्रमका बिच उनले ज्याकेट वितरण गरेका हुन् ।
ज्याकेट वितरण गर्दै उनले नागरिकको सेवा गर्न नै आफुले चुनाव लडेको भन्दै वडाका नागरिकको सेवा नै आफ्नो पहिलो प्राथमिकता भएको बताए । केहि समय अघि नै आफुले ज्याकेट वितरण गर्ने तयारी गरेको भएपनि व्यक्तिगत समस्याका कारण अलि ढिलो भएको उनले बताए ।
आफूले गरेको यो सहयोगले चिसो मौसममा थोरै भएपनि राहत मिल्ने आफुले अपेक्षा गरेको उनले बताए । यस्ता प्रकारका अरु पनि सामाजिक कार्यहरु आफ्नो कार्यकाल अवधिभर गरिहरने बताउँदै उनले कुनै पनि समस्या परे तत्का’ल आफुलाई खबर गर्न पनि आ’ग्रह गरे । वडा कार्यालय र ब्यक्तिगत रुपमै पनि आफुले सक्ने सहयोग गर्न जुनसुकै समयमा आफु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
ज्याकेट वितरण कार्यक्रममै सहभागी स्थानीय तथा जालपा मावि गैरीगाउँका प्रधानाध्यापक रत्नबहादुर केसीले वडा अध्यक्ष ताम्राकारले चुनावअघि गरेको बाचा अनसाार आफ्नो तलब भत्ताबाट सामाजिक हितको काम गर्दै आएकोमा यो काम निकै प्रसंसनीय रहेको बताए । यस प्रकारको उदाहरणीय कामले अन्य ठाउँमा पनि सकारात्मक शन्देश जाने भन्दै आगामी दिनमा पनि यस्तै सामाजिक हितको काम निरन्तर हुनेछ भन्ने अपेक्षा ब्यक्त गरे ।
यता ज्याकेट पाउने जेष्ठ नागरिक, विपन्न, अशक्त, अपाङग र एकल महिलाले पनि खुसी ब्यक्त गर्दै स्थानीय सरकार हामीसंंगै छ भन्ने अनुभूति गर्न पाएको बताएका थिए ।