शनिबार ११ चैत्र २०७९

काठमाडौं / नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति हुने भन्दै व्याङ्ग्य गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेको विगतको राष्ट्रपतिको व्यवहारबाट पाठ सिक्नुपर्ने बताउँदै एमालेबाट राष्ट्रपति चुनिए देश अप्ठ्यारोमा फ’स्ने दावी गरे ।

महामन्त्री थापाले विगतमा एमाले नेतृत्वको कार्यकर्तालाई राष्ट्रपति बनाइएको पनि टिप्पणी गरे । जसका कारण वालुवाटार र शीतल निवास केन्द्र बनेको र एक ठाउँमा पुगेर संविधानलाई दुर्घ’टनामा पार्न खोजिएको पनि उनको भनाइ थियो ।

सोही कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नपाइने हो भन्दै प्रश्नसमेत गरेका छन् । महामन्त्री थापलाले रास्वपा एमालेको साइबर सेनाभन्दा बढि आक्रमण भएको जि’किर गरे ।

उनले कतै खसी करायो कि आफैँलाई जिस्क्याएको जस्तै लाग्ने गरेको पनि सुनाए । यसअघि रास्वपाले सरकार छोडेको घोषणा गर्दै गर्दा सभापति रवि लामिछानेले महामन्त्री थापालाई बाख्रा प्रकरणले जीवनभर नछाड्ने र आफूलाई ४ श्रीमतीको का’ण्ड जहिले पनि जोडिने उल्लेख गरेका थिए ।

राष्ट्रपतिमा एमालेका उम्मेदवारलई हराएरै छाड्छौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले राष्ट्रपतिमा अघि सार्ने उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका छन् ।

लोकतन्त्र संवाद केन्द्रले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले एमालेले अघि सारेको उम्मेदवारलाई हराएरै छाड्ने दा’बी गरेका हुन्।

‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं, हराएरै छाड्छौं। कोसिस गर्छौं, लाग्छौँ–लाग्छौँ,’ महामन्त्री थापाले भने, ‘स्वाभाविक होनित। कुनै अस्वाभिाक हो र? आँखा लाउलास् भन्नुहुन्छ। लाउँछौँ, आँखै लाउँछौँ। भोटै माग्छौँ। फकाउँछौँ। मिलाउने कोसिस गर्छौँ। हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोसिस गर्छौँ।’

उनले नाम उच्चारण नगरेरै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका कारण कांग्रेसको मनमा डर बसेको र आफूहरुले एमालेको उम्मेदवारलाई हराएर ड’रबाट मुक्त हुन चाहेको पनि जि’किर गरे।

‘किनकी राष्ट्रपति को हुनेभन्दा पनि संविधानको अनुकुलतामा लैजाने कि नलैजाने भन्ने कुरा हाम्रो मनमा डर बसेको छ,’ थापाले भने, ‘डर हिजोको राष्ट्रपतिको भूमिकाका कारण बसेको छ। त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौँ।’

उनले एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवार विजयी भए संविधान दुर्घटनामा जाने पनि उल्लेख गरे।

‘राष्ट्रपति नेकपा एमालेले बनायो भने विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ। संविधानले दिँदै नदिएको शक्तिको अध्यास गर्छ। त्यसले दुईवटा केन्द्र हुन्छ। एउटा बालुवाटार हुन्छ, एउटा शीतल निवास हुन्छ,’ थापाले भने, ‘बालुवाटारबाट कार्यकारी अधिकारको प्रयोग गर्ने ठाउँमा शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ र त्यो एक ठाउँ गएर ठोक्किन्छ। त्यसले संविधानलाई दु,र्घ’टनामा लिएर जान्छ।’

६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया