शनिबार ११ चैत्र २०७९

काठमाडौं, माघ २२ गते / क्या’न्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक ल’डा’उन खोज्ने आफ्नै शरीरसँग कु’स्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा डा उर्मिला प्याकुरेलले पा’ठेघरको क्या’न्सरसँग ल’ड्दै गर्दा सँगालेको यो अनुभव हो ।

क्या’न्सरले थ’लिए पनि शरीरलाई उनले कहिल्यै ओछ्यानमा थ’लाएर राखिनन् । क्या’न्सरसँगै चलायमान जीवन बाँचेरै उनी प्रेरणाको स्रोत बनेकी छन् । त्यसैले क्या’न्सर दिवसका दिन शनिबार उनी आफैँले फेसबुकमा स्ट्याटस लेख्दै “आज आइतबार ६४औँ पटक किमोथेरापी दिन जान लागेको” जानकारी दिएकी छन् ।

क्या’न्सर पछार्न ६३औँ पटक कि’मोथेरापी र यभास्टिन थेरापी लिनु, २० पटक रेडियो थेरापी लिनु र चार पटक श’ल्य’क्रिया गर्नु मात्र उनको हिम्मत होइन । त्योभन्दा लोभलाग्दो र प्रेरणादायी कथा त क्या’न्सरलाई पटक–पटक पछार्दै उनले पाएको सफलताको छ ।

क्या’न्सर लागेकै बेला उनले विद्यावारिधि सकिन्, जर्मनीको एक प्रतिष्ठित विश्वविद्यालयमा फेलोसिपमा काम गरिन् र नेपालमै गणित विषयको कान्छो उमेरमा प्राध्यापक बनिन् । उनी ४१ वर्षमै त्रिभुवन विश्वविद्यालय गणित विषयको प्राध्यापक बनेकी हुन् ।

क्या’न्सर लागेका बिरामी र बिरामीका आफन्तजनलाई हौसला दिँदै उनले यो जानकारी फेसबुकमा लेखेकी छन् । सिन्धुपाल्चोकका देवीनाथ प्याकुरेल र मनमाया प्याकुरेलका कान्छी छोरी उर्मिलाले नै बताए अनुसार छ वर्षअघि पा’ठेघरको क्या’न्सर पत्ता लाग्दा उनी जर्मनीमा छात्रवृत्तिमा पोस्ट डक्टरेटमा अध्ययनरत थिइन् । उनी मात्र होइन, बाबुआमाका १२ सन्तानमध्ये दुई दाजु र दुई दिदीको यसअघि नै क्या’न्सरकै कारण मृ’त्यु भइसकेको छ ।

२०६८ सालमा त्रिभुवन विश्वविद्यालयमा कमैले मात्र निकाल्न सक्ने गणित विषयको उपप्राध्यापकमा नाम निकाल्न सफल भएको छ वर्षपछि उनले गणितमै विद्यावारिधि गरिन । सन् २०१८ मा जर्मनीमै उनको दोस्रो ‘स्टेज’को क्या’न्सरको उपचार सुरु भएको उनले बताईन् । गो’र’खा’पत्र दै’नि’कबाट ।

१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया