
सुर्खेत / वीरेन्द्रनगर १० पिपिरामा रहेको गंगामाला देउती बज्यै मन्दिरका पुजारी टंक बहादुर राजीको नि’ध’न भएको छ । वीरेन्द्रनगर ११ ढोलढुङ्गास्थित आफ्नै घरमा शनिबार राती करिब तीन बजे नि’ध’न भएकाे वीरेन्द्रनगर वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए ।
अध्यक्ष देवकोटाका अनुसार पुजारी राजी केही समयअघिदेखि उच्च र’क्त’चाप, सुगर लगायत रो’गबाट पी’डित थिए । उनको जन्म २००७ भदौ ७ गते भएको थियो । उनको ७२ बर्षको उमेरमा नि’ध’न भएको छ ।
लुम्बिनीलाई संसारकै महत्त्वपूर्ण पर्यटकीय स्थल बनाउन सकिन्छ : अर्थमन्त्री पौडेल : भैरहवा / ‘मेरो मृ’त्युपछि लुम्बिनी जानु’ भन्ने गौतम वुद्धको सन्देश संसारभरका वौद्ध धर्मालम्बीहरुसमक्ष पुर्याउनु पर्ने उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
लुम्बिनीको महत्त्व र अपार सम्भावना रहँदा रहँदै पनि राष्ट्रले विविध कारणले त्यसको उपयोग गर्न नसकेको उनको भनाइ थियो । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्य विषयक कार्यक्रममा मुख्य वक्ताको रुपमा मन्तव्य दिँदै पौडेलले यस्तो बताएका हुन् ।
‘लुम्बिनी असीमित सम्भावनाको क्षेत्र हो । आज हामीले जति देखेका छौं र देख्न सक्छौं यसको उपदेयता त्यो भन्दा व्यापाक छ,’ उनले भने, ‘लुम्बिनीको सम्भावना प्राप्तिमा राज्यले कुनै पनि कसुर बाँकी राख्नु हुँदैन ।’लुम्बिनीको विकाससँगै व्यापक रुपमा प्रचारप्रसार गरेर विश्वभर फैलाउनु पर्ने उनको भनाइ थियो ।
लुम्बिनीको व्यापक प्रचारप्रसार गरेर विश्वभरमै महत्त्वपूर्ण र लोकप्रिय पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताए । मुलुकको समग्र विकासमा पनि लुम्बिनीले महत्त्वपूर्ण योगदान दिन सक्ने पौडेलको भनाइ थियो ।