
अत्तरिया / सुदूरपश्चिमको कैलाली जिल्ला गोदावरी नगरपालिका वार्ड न. ८ मा बस्दै गरेका मध्यम बर्गिय किसान परिवारमा हुर्केका नेपालमा नै केहि गर्नु पर्छ बिदेश जानु हुदैन नेपालमै केही गरेर देखाउनु पर्छ, बिदेशमा पसिना बगाउनुको सट्टा नेपालमा नै मिठो मसिनो खाएर सादा जीवन उच्च बिचारका साथ काम गर्ने भन्ने सोच राख्ने एक समाजसेवी युवा एव् शिक्षित युवा हुन २७ बर्षिका सुरेन्द्र बोगटी ।
पछिल्लो समयमा सुन्दर नेपालको संङ्कटलाई दुर होस र नेपालमा फेरी पनि हिन्दु राज्य पुनःस्थापनाको कामना गर्दै काठमाडौको संङ्कटा मन्दिरमा शनिबारको दिन पारी ४ घण्टाको पर्खाइको लाईनमा दर्शन गरी देशको नाममा ग्रह-शान्ति गरेर रक्तदान गरेका छन । आफू कुनै राजनितिक पार्टीमा आबद्ध नभएको मात्र देश र जनताको हितको लागि पुजापाठ गरेरको कुरा बताए ।
पछिल्लो समयमा राजसंस्था र हि’न्दू राष्ट्रको एजेन्डा अघि सार्दै आएको राप्रपा नेपाल धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएसँगै उक्त संविधानमा संसोधन गराउने जिम्मेवारी बोकेका युवा सांसदहरुको टिम सरकारमा सहभागी भएको छ ।
‘नेपालको पहिचाहनका लागि हिन्दु राष्ट्र आवश्यक छ,’ ‘त्यसको मतलब एउटै धर्म हुनुपर्छ भन्ने होइन सबै धर्म स्वतन्त्र हुन्छन् ।’ हिन्दु राष्ट्र हुँदैमा एउटा मात्र धर्म मान्नुपर्छ भन्ने गलत हल्ला फैलाउने प्रयास भएको देखिन्छ । हिजो पनि सबै धर्म मान्न सबै नागरिक स्वतन्त्र थिए । भोलि हिन्दु राज्य भए पनि हुनेछ ।’ धर्म आफूखुसी मान्न पाउनुपर्ने भन्दै उनले थपे, ‘ज’ब’र्जस्ती ध’र्म परिवर्तन गर्नु ग’लत हो ।’
यो पनि, शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक : काठमाडौं / साहित्यकार शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ । शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो ।
पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले पुस्तक सार्वजनिक गरेका हुन् । ब्रह्मास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थियटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुस्तकमाथि अन्तर्क्रिया पनि भएको थियो। जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए । अन्तर्क्रियामा बोल्दै लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको बताए। नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको उनको दा’बी थियो।
‘म कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्’, अन्तर्क्रियामा उनले भने, ‘मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु।’
यसअघि साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि प्रकाशित छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो भने मुल्य ४५० रहेको छ।