
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका किसानलाई भेट्न जाने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत केही दिनमा भेट्न जाने बताएका हुन्। तरकारीको मूल्य नपाएपछि शुक्रबार आ’न्दो’लनमा उत्रिएका चितवनका किसानहरूको फोटो फेसबुकमा सार्वजनिक भएको थियो ।
सार्वजनिक भएको उक्त फोटो फेसबुकमा सेयर गर्दै लामिछानेले किसानहरुलाई केही दिनमा भेट्न आउने बताएका छन्। ‘प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नुपर्ने बाध्यतामा छन्, देशका किसान। देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन।
किसानले सुनाैलाे भविष्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने याे द’र्द’नाक अवस्थाको अ’न्त्य गर्न लागीपर्ने छौँ। समस्या थाहा छ, समाधान खोज्ने छौँ । प्रिय चितवन, केही दिनमा भेट्न आउँदै छु है,’ उनले फेसबुकमा लेखेका छन्।
शुक्रबार किसानहरुले नारायणगढ सडकमा तरकारी फालेर आ’न्दोलन गरेका थिए। किसानहरुले छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउ लगायतका तरकारी सडकमा फा’लेका थिए।उता स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फा’लेर वि’रोध जनाएका छन् ।
उनीहरुले भारतीय तरकारीको ज’था’भावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मा’रमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फा’लेर आ’न्दो’लन गरे । ‘यहाँ पालेको तरकारीमा किसानको प’सिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुः’ख र प’सि’ना यसै गयो ।’
उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गु’ना’सो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भवि’ष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मा’र्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।
लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने मा’ग उनीहरुले गरे । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधन सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप श’श’क्त आ’न्दोलन गर्ने चे’ता’वनी दिए ।