शनिबार ११ चैत्र २०७९

काठमाडौं / भाईरल मिस पबीले ग,र्भ’वती भएको जस्तै अभिनय गरेर नयाँ टिकटक सार्बजनिक गरेकी छिन् । यो उनको नयाँ गितमा आधारित रहेको र सुटिङ्ग गर्दा केही अंश उनले टिकटकमा समावेश गरिएको हुनसक्ने फ्यानको आ’शं’का रहेको छ ।

यसअघी पनि उनले गायक सुनिल गिरी नयाँ गीत लिएर दर्शक माझ आएका थिईन् । उनले अभिनय गरेको ‘जुम्ला’बोलको गीत बजारमा निकै दर्शकको मन जित्न सफल बन्यो । गीतको म्यूजिक भिडिओ पनि सार्वजनिक गरिएको छ। जुम्लामा छायांकन गरिएको गीत लेखनमा गिरीले निलसागरसँग सहकार्य गरेका छन्।

गीतमा संगीत तथा संगीत संयोजन भने उनी आफैले गरेका हुन्। यसअघी सार्वजनिक गरिएको भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोशन केसीको अभिनय गरेका थिइन । मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर टिकटकमा चर्चित छिन्। टिकटक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

यो पनि, देवशिला जनकपुरधामबाट अयोध्या प्रस्थान :
महेन्द्रनगर । कालीगण्डकीबाट निकालिएका देवशिला आज जनकपुरधामबाट अयोध्यातर्फ पठाइएको छ । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको ती शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको थियो ।

कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आइतबार दिनभर विशेष पूजापाठ र महाआरति गरिएको थियो । ती शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनाइनेछ । म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित शिला जनकपुरधाम ल्याइएको थियो । सोह्र र १८ मेट्रिक टन तौलका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभ साइतमा शिला जनकपुरधाम हुँदै आज बिहान पुनः विशेष पूजापछि अयोध्या पठाइएको हो ।

रामको मूर्ति बनाइने शिलाको दर्शन गर्न जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायत आइतबार दिनभर भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पूजन गरेर शिला महन्थ दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीक स्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गरेका थिए ।

शिला सङ्कलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ दासले ढुङ्गाबाट कुँदिएर निर्माण गरिने भगवान् रामको बाल स्वरूप राम मन्दिरको गर्भ गृहमा रहने बताए। राम मन्दिरमा चार सय कलात्मक पिलर राखिएको छ । हरेक खम्बामा १६ देवीदेउताका मूर्ति कुँदिनेछ । मन्दिरमा छ हजार चार सय देवीदेउताका कलात्मक मूर्ति कुँदिनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० अगस्त ५ मा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए। भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो ।

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो । सो जग्गा राम मन्दिर निर्माण प्राप्तिका लागि एक सय ३५ वर्ष लामो कानूनी लडाइँ लडिएको थियो । अयोध्यासँगको जनकपुरधामको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाले कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्त्व अझै बढ्ने अयोध्याबाट आएका राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए।

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको सो शिला गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई जनकपुरधाम ल्याएर हस्तान्तरण गरेको थियो । जनकपुरधामबाट प्रदेश सरकारले भारतलाई हस्तान्तरण गरेपछि आज अयोध्या पठाइएको छ ।

जानकी मन्दिरले उक्त देवशिला भारतको उत्तर प्रदेशका अयोध्यामा बन्ने राम मन्दिर निर्माण समिति तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष कार्यक्रमका बीचमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवले बताए।

२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया