
काठमाडौं / एउटा मान्छे टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्छ । तलब बुझ्छ । सरकारलाई कर पनि तिर्छ । त्यतिञ्जेल ऊ नेपाली नै हुन्छ । पार्टी गठन गर्न निर्वाचन आयोगमा दर्ता गर्न जान्छ – ऊ नेपाली नै हुन्छ । प्रतिनिधि सभामा उमेद्वारी दर्ता गर्छ– ऊ नेपाली नै हुन्छ ।
चुनाव जित्छ, सांसद हुन्छ, संसद सचिवालयले पनि उसलाई नेपाली सरह नै व्यवहार गर्छ । त्यसअघि ऊ वि’रुद्ध आ’त्म’ह’त्या दु’रुत्साहन मु’द्दा लाग्छ । त्यो मु’द्दा प्रक्रियामा नेपाली नागरिककै हैसियतमा सरकारी निकायले व्यवहार गर्छन् ।
तर जब त्यही व्यक्ति चुनाव जितेर मन्त्री बन्छ, अनि उसको नागरिकता प्रमाण पत्रमा स’न्दे’ह गरिन्छ । एउटा व्यक्ति रङ रङका निकायसँग पटक पटक ठो’क्किन्छ । कसैले पनि तिम्रो नागरिकतामा कैफियत देखियो भनिदिँदैनन् । तर जब महत्वपूर्ण जिम्मेवारीमा उ काम गर्न थाल्छ, त्यसपछि नागरिकताको मा’मिला बाहिर आउँछ । र अदा’लतले उसको नागरिकता खा’रेज गरिदिन्छ ।
विदेशी बुहारीलाई आउँदा आउँदै नागरिकता दिने विधेयक तयारी अवस्थामा राख्ने यो देश नेपालीकै लागि किन चिसो र क’ठो’र बनेको हो ? भन्ने प्रश्न अहिले धेरैले गरिरहेका छन् । अर्को पनि प्रश्न छ – एउटा मान्छे अनागरिक भएको प्रमाणित हुन पनि उपप्रधान तथा गृहमन्त्री नै हुनुपर्ने ?
नेपालमा टोले क्लब द’र्ता गर्न पनि प्रत्येक सदस्यको नागरिकताको फोटोकपी नोटरी गर्नेदेखि पुलिस रिपोर्ट समेत सं’लग्न गर्नु पर्छ । तर, अनागरिक रविको नेतृत्वमा पार्टी कसरी द’र्ता गरियो ? चुनावमा टिकट कसरी दिइयो ? निर्वाचन आयोगले विजयको प्रमाणपत्र कसरी दियो ? सांसदको शपथ कसरी भयो ? उपप्रधानमन्त्री तथा गृहमन्त्री कसरी बनाइयो ?
रविको विवाह द’र्ता कसरी भयो ? नेपाली पासपोर्ट कुन आधारले दिइयो ? शालिकराम पुडासैनि प्रकरणमा चितवन अदालत र उच्च अदा’लत ललितपुरमा कुन हैसियतमा मु’द्दा दर्ता भयो र सुनवाई भयो ? के यी सबैलाई का’र्वाही हुन्छ त ? का’नुन सबैका लागि बराबर होइन ? अ’दा’लतको फै’स’ला स्वागत योग्य छ । तर सिस्टममा सुधार हुनु पर्ने की नपर्ने ?
एउटा अनाग’रिक नेपालमा आएर पार्टी खोलेर, चुनाव जितेर उपप्रधानमन्त्री भइसक्दा पनि यो देशको सिस्टमलाई थाहा हुँदैन भने के यो देश खासमा देश नै हो त ? विदेशीलाई नागरिकता दिन विभिन्न कालखण्डमा नेपालमा नागरिकता सम्बन्धी ऐ’नमा गरिएका संशोधन र छाडापन नि’र्ल’ज्ज प्रकृतिको छ । तर यहि देशका नागरिकले समेत बेलाबखत अनाग’रिकको सा’स्ती खेप्नु पर्छ भनेर अहिले धेरैले टि’प्पणी गरिरहेका छन् ।
मानौं रविले राज्य र का’नुनलाई छ’लि’रहे । उनलाई छ’लिरहन मदत गर्ने विभिन्न निकाय र आफ्नै का’नुन लागू गर्न नसक्ने सिस्टम कमजोर भएन ? नागरिकता, विवाह दर्ता, मृ’त्यु दर्ता दोहोरियो भन्दै विगतमा सिफारिस गर्ने वडाध्यक्षलाई जे’ल को’च्ने का’नुनले यति धेरै ठाउँमा कमजोरी गर्ने निकाय र व्यक्तिलाई कार’बाहीको दा’यरामा ल्याउनु पर्दैन ?
कस्तो अचम्मको देश ! एउटा मान्छे अना’गरिक भएको प्रमाणित हुन पनि उपप्रधान तथा गृहमन्त्री नै हुनुपर्ने ? गैर नागरिकलाई नेपालको उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्रीले नैतिक जिम्मेवारी पनि लिनु पर्ला ? हालका लागि नैतिक प्रश्नहरुलाई पूर्णविराम नै लगाउनु पर्ला । किनभने भौ’ति’क अप’राधमै फसि’सकेको नेपालको राजनीतिमा नैतिक इमान उपल्लो स्तरका शिष्टता हुन् ।
नागरिकताको जाँच रवि लामिछानेबाट सुरु भएको हो भने त यो निश्चिय पनि सुखद हो । किनभने नेपालमा सुजाता कोइरालादेखि अनुराधा कोइरालासम्मको नागरिकताका सवलामा प्रश्न गरिएका छन् । कांग्रेसबाट गृह राज्यमन्त्री भएका देवेन्द्रराज कँडेलले त भारतमा चुनाव समेत लडेका थिए । राजेन्द्र महतोले सुरुमा आफ्नो नागरिकता निकालेको र त्यसपछि आफ्नो बाबुको निकालेको भनेर पनि चर्चा भएको थियो ।
अझै चुरो कुरो तर्फ जाने हो भने नेपालमा नागरिकता निकाल्ने विदेशीभन्दा ख’त’रनाक त स्वदेशीहरु हुन्, जसले पैशामा नागरिकता बेचे । नागरिकता दिने अधिकारीहरु सबै नेपाली थिए । अझ उपेन्द्र यादवले त मधेसी अनुहार देखाएर ६३ सालमा लाखौं भारतीयलाई नागरिकता दिलाइ दिए । नेपालमा राजेन्द्र महतोलाई विदेशी भनेर पनि आलोचना हुन्छ, तर स्वदेशी उपेन्द्रले नागरिकतामा गरेको दू’र्द’शा इतिहाँसले सम्झिरहेनछ ।
रविको मुद्दामा अदालतले देखाएको चा’सो र फास्ट ट्रयाकमा गरेको फैसला मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । तर कहाँ गयो आज निर्मला पन्तका विचाराधीन मु’द्दा ? कहाँ गए अरबौ भ्र’ष्टाचार गर्ने नेताहरूको मु’द्दा ? कहाँ लुकाईए ३३ किलो सुन का’ण्डका त’स्क’री ? अझै ति’तो सत्य कसैले बोल्न नमिल्ने, बोले का’नुन लाग्ने स्वतन्त्र मानिएको न्यायालयभित्र कति भ्र’ष्टा’चार भएको होला ?
राज्य’दो’हनमा लि’प्त गरिब देश नेताको संख्यामा धनी हुन्छ । न्याय म’रे’को मुलुकमा वकिलको संख्या धेरै हुन्छ र उत्पादन नभएको मुलुकमा बि’चौ’लियाको संख्या धेरै हुन्छ । यी तीनै चरित्र एकैसाथ भएको देश रित्तो हुन्छ । यति भनिसकेपछि हामी रित्तो देशका नागरिक हौं भनिरहनु नपर्ला । चन्द्रशम्सेरले देशभित्रको दा’स प्रथा अन्त गरे ! अब विदेशीका दा’स’प्रथा अन्त गर्ने जिम्मेवारी कसले उठाउला ? स्वदेशमा बसेर बिदेशीको दा’सत्व स्वीकार्ने गर्ने प्रथाको उन्मु’लन कसले गर्ला ? प्रश्न अ’नु’त्तरित छ ।
अब रविलाई नै सिधा कुरा गरौं । रवि लामिछाने युवा हुन । जोश छ र जे पनि गर्न सक्छु भन्ने आँट छ । तर उनले हो’स नभएको र अप’रिपक्क भन्ने पुष्टि पनि गरेका छन् । गत शुक्रबारको अदा’लती फै’सलाले ३३ दिनमै सबै पद स्वा’हा भयो । आगामी दिनमा जोसुकैले पनि आफ्ना नियमित क्रियाकलापहरु गरीरहँदा यी र यस्ता कुराहरुमा विचार पुर्याउनुपर्ने जरुरी देखिन्छ । न्यु’ज 24 नेपाल । हेर्नुहोस् भिडियो :