शनिबार ११ चैत्र २०७९

राजविराज (सप्तरी) / सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर ७ मा वडा कार्यालयको पूर्वस्वीकृति लिएर मात्र विवाह गर्न पाइने भएको छ ।

विवाहअघि जन्मदर्ता वडा कार्यालयमा पेस गरी स्वीकृति लिएर मात्र विवाह गर्न वडाले अनिवार्य गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने साथै २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने/गराउने कार्यमा संलग्न हुने जन्ती, पुरोहितसमेतलाई का’र’बाही हुने वडाध्यक्ष शिवनारायण चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा विवाहको निमन्त्रणा पत्र छपाउँदा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने भनिएको छ । सप्तरीको सुरुंगा नगरपालिका मधेस प्रदेशमै बाल विवाहमुक्त पहिलो पालिका हो । गत मंसिर १४ मा उक्त नगरलाई बाल विवाहमुक्त नगरपालिका घोषणा गरिएको थियो ।

यो पनि,नागरिकलाई वडाबाटै सेवा : पाल्पा / स्थानीय सरकारको प्रत्याभूति दिन पाल्पाको निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ ।

पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको छ ।

पालिकाले वडा वडामा पुगेर सबै प्रकारका सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । कार्यालयको सेवासँगै नागरिकका गुनासा र सुझाव सम्बोधन गर्दै सहजरुपमा सेवा दिइरहेको छ ।

शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखीकरण, ज्येष्ठ नागरिक सम्मान, गरिब घरपरिवार तथा अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय द’र्ता, औषधि वितरण, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरिरहेको छ ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया