शनिबार ११ चैत्र २०७९

राजविराज (सप्तरी) / सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा झु’न्डिएर आ’त्म’ह’त्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकको सबै ऋण अब ùजनप्रतिनिधिले तिरिदिने भएका छन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहित पालिकाभरिका जनप्रतिनिधिले शनिबार मरिकको घर पुगेर सो कुराको औपचारिक घोषणा गरेका हुन् ।

‘मसहित पालिकाका सबै जनप्रतिनिधि मिलेर रामदेव मरिकले लिएको ऋण तिरिदिन्छौँ । क्रिया खर्चको लागि तत्काल ११ हजार दिएका छौँ । छोरालाई गाउँपालिकामै रोजगारी दिने योजनामा छौँ,’ अध्यक्ष चौधरीले सञ्चारकर्मीसँग भने ।

‘सहकारीको किस्ता तिर्न नसक्दा रामदेव मरिक गरे आत्महत्या’ शिर्षकको समाचार बुधबार नयाँ पत्रिकामा प्रकाशन भएपछि रामदेव मरिककी श्रीमतीको खातामा आमजनताले पनि आर्थिक सहयोग पठाउँदै आएका छन् । – सौरभ यादव / नयाँ प’त्रि’का बाट ।

यो पनि पढ्नुहोस् :- पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने : काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् ।

यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका थिए । उनले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गरेका थिए ।

दान पेटिका माघ १३ गतेदेखि ब’न्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उनले विदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु छ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गरे ।

“आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौँ, सङ्कलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ”, पर्यटनमन्त्रीले उल्लेख गरेका छन् ।

पर्यटनमन्त्रीको सचिवालयका अनुसार सङ्कलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ । उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया