शनिबार ११ चैत्र २०७९

काठमाडौं / रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् ।

नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।

विदेशको नागरिकता त्यागेकै यकिन भएपछि पुरानै नागरिकताको विवरणअनुसार प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्नेछन् । यस कार्यविधिअनुसार लामिछानेले एक–दुई दिनमै नागरिकता बनाउन सक्नेछन् ।

उनले ०५० मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता बनाएका थिए । अमे’रिकाको नागरिकता लिएपछि कानु’नतः उनको नेपाली नागरिकता स्वतः रद्द भएको थियो ।

यसकारण रविले पुनः नागरिकता लिन नागरिकता प्रमाणपत्र वितरण कार्यविधि नि’र्देशिका, २०६३ अनुसार प्रक्रिया चाल्नुपर्छ । तर, उनी गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा समेत पुरानै नागरिकता पेस गरेर उम्मेदवार बनेका थिए ।

जसका कारण उनी समस्यामा परे । रविको नागरिकता र राहदानी दुरुप’योगबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । सर्वाेच्चले उनको पुरानो नागरिकता बदर गरेपछि अनुसन्धानमा सहज भएको एक प्रहरी अधिकारी बताउँछन् ।

एउटै विषयमा सर्वाेच्चमा मु’द्दासमेत परेपछि प्रहरीले अनुसन्धानमा ‘पर्खने’ रणनीति लिएको थियो । गृह मन्त्रालयमै परेको उजु’रीका आधारमा प्रहरीले उनको नागरिकता वि’वादमा छानबिन थालेको थियो ।

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया