शनिबार ११ चैत्र २०७९

काठमाडौं / सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने तयारी गरिरहेको छ । जसपाले सत्ताको भागबन्डा सम्मानजनक नभएको भन्दै मन्त्रालय स्वीकार गरेको छैन ।

जसपालाई भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफैँसँग राखेका छन् । जसमा वन तथा वातावरण र खेलकुद मन्त्रालय रहेको छ । यही भागबन्डामा सरकारमा सहभागी हुन नसकिने भनाइ जसपा नेताहरू बताउँछन् ।

शुक्रबार सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको वर्तमान सरकारमा गृहमन्त्रालय खाली भएको छ । जसपाले गृह मन्त्रालय र उपराष्ट्रपति पद लिएर सरकारमा जाने विषयमा छलफल अघि बढाउने तयारी गरेको छ ।

“अब नयाँ परिस्थिति सिर्जना भयो । यो परिस्थिति हामीले सिर्जना गरेका हैनौँ,” जसपा नेता प्रमोद साहले भने, “अब गृह मन्त्रालय, राष्ट्रपति, उपराष्ट्रपति र केही मन्त्रालय हेरफेर गर्ने र सरकारमा सहभागी हुने विषयमा छलफल अघि बढाउन सकिन्छ ।”

प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउँदै रवि :
काठमाडौं / सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको संवैधा’निक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो ।

फैसलालाई स्वागत र स्वीकार गर्छु, अनागरिक भएँ – रवि लामिछाने

काठमाडौं / उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार र स्वागत गर्ने बताएका छन् ।

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए ।

उदास मुद्रामा देखिएका लामिछानेले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको प्रष्ट पारे ।

उनले भने, ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’

पुन: नागरिकता लिएर उप निर्वाचन लड्न पाउनेछन् रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुन नागरिकता लिएर उप–निर्वाचन लड्न पाउने भएका छन् ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकता लिएर उप-निर्वाचन ल’ड्न पाउने गृह मन्त्रालयका एक सहसचिवले नेपाल प्रेससँग बताए ।

उनका अनुसार प्रक्रिया पुर्‍याएर नागरिकताको प्रतिलिपि जारी गरेर उनले नागरिकता लिन पाउनेछन् । त्यसै आधारमा उप–निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

निर्वाचन आयोगका एक निर्वाचन आयुक्तका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार अब निर्वाचन आयोगले उप–निर्वाचन गर्नुपर्नेछ । उप–निर्वाचनको मिति घोषणा भएपछि लामिछानेले नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि त्यसै आधारमा उम्मेदवारी दिएर उप–निर्वाचन लड्न उनलाई कुनै बाधा पर्नेछैन ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने बित्तिकै उनले पुन नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

त्यसपछि उनले नागरिकताको प्रतिलिपि प्राप्त गर्नेछन् । निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया