शनिबार १४ माघ २०७९

बाजुरा / सुदूरपश्चिमको बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको भु-कम्पका कारण बाजुरा विभिन्न ठाउँमा गरी २५ भन्दा बढी घर आंशिक र पूर्ण रुपमा क्ष’ति भएका छन् ।

बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृ’त्यु भएको छ । गौमुल गाउँपालिका वडा न– २ की जमुना रोकायाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जंगलमा घाँस का’टीरहेको बेला मंगलबार दिउँसो ए’क्कासी भु-कम्प जाँदा माथिबाट ढुंगा ख’स्दा उनको मृ’त्यु भएको प्रहरीले बताएको छ । घ’ट’ना भएको भनिएको ठाउँमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताउनुभएको छ ।

स्थानीयले दिएको जानकारी अनुसार अपुष्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घ’टना स्थलमा पुगेर जानकारी गराउने उहाँले बताउनुभयो । आजै गएको भु-कम्पका कारण भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न– १ का एक जना घा’इते भएका छन् ।

जंगलमा भेडा चराउन गएका बेला माथिबाट भिर फु’टेर पहिरो जाँदा ४० देखि ५० वटासम्म भेडा म’रे’को अनुमान गरिएको छ भने गोठालो गएका रामदल बोहरा घा’इते भएको त्यहाँका स्थानीय बासीन्दाले जानकारी दिएका छन् ।

स्थानीय सुवास रोकायाले अनुसार घा’इते रामदलको स्वास्थ्य संस्थामा अहिले उपचार भइरहेको समेत बताउनुभएको छ । यस्तै बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न– ५ मा दुईवटा छाना भ’त्किएको र गिठे लुहारको घर भ’त्कि’एको जानकारी प्राप्त भएको छ ।

मष्टेश्वरी माविको भवन भ’त्केको गाउँपालिकाले जनाएको छ । सोही गाउँपालिका ४ का कल्चु सार्की र गोपाल दमाई का घर भ’त्कि’एको वडा अध्यक्ष दल रावतले जानकारी दिनुभएको छ ।

जिल्लाभर भु-क’म्पका कारण भएको क्ष’तीको एकीन विवरण अझै आउने क्रम जारी रहेको र घ’ट’ना घटेको ठाउँमा तत्काल प्रहरी टोलीले उद्धा’रको काम गरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । पाथीभरा न्यु’ज

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया