आइतबार १५ माघ २०७९

जापान / जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक नि’ध’न भएको छ । गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको नि’ध’न भएको हो ।

उनी गुल्मी नेपालबाट जापानमा तीन वर्षअघि आएका थिए । यहीँ जनवरी १७ तारिकबाट सम्पर्कविहिन भएका उनी आइतबार मृ,त फेला परेका थिए । उनका साथीहरूका अनुसार उनले आ,त्म ह,त्या गरेका हुन् ।

उनले गत वर्ष ओसोजमा नेपाल गएर विवाह समेत गरेको बुझिएको छ । केहीँ समयदेखि जीवन र परिवारका बारेमा सोच्दा अति नै दि’क्कदारी लागेर आएको बताउँदै आएका उनले के कारणले यस्तो अ’प्रि’य निर्णय गरे भन्नेबारे कुनै कारण खुलेको छैन ।

हाल उनको मृ,त श,वलाई जापान प्रहरीले जिम्मा लिएको छ । परीक्षण पश्चात् जापानस्थित नेपाली राजदूतबासमार्फत श’व नेपाल पठाइने उनी अध्ययनरत विद्यालयले जानकारी दिएको छ ।

जापानमा जनवरी तेस्रो साता नबित्दै पाँच जनाको नि’ध’न भइसकेको छ । अध्ययन र कामको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरुमध्ये सन् २०२३ को पहिलो महिनाको तेश्रो साताभित्रै पाँच जना नेपालीको मृ,त्यु भएको हो ।

जनवरी २०२३ को पहिलो दिन नै एक नेपाली युवाको टोकियोमा मृ,त्यु भएको थियो । त्यस पश्चात् जनवरी १५ तारिख, गिफुमा उपचार गराइरहेका अर्का एक नेपालीको उपचारकै क्रममा नि’ध’न भएको थियो ।

त्यसै गरि टोकियो बस्दै आएका रुपन्देहीका अर्का एक युवाको पनि मृ,त्यु भएको थियो । यद्यपि उनको बारेमा भने कुनै जानकारी सार्वजनिक गरिएन । त्यसपछि २१ तारिख शनिबार कावासाकीमा अर्का नेपालीको पनि उप’चारकै क्रममा नि’ध’न भएको जानकारी प्राप्त भएको छ ।

६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया